नागरिक पोष्ट News


पढ्नैपर्ने : नेपालमा बालबालिकाहरुको अवस्था

1.8K

विन्दु बोगटी 

बालबालिकाको जिवन भोगाई र भविष्य कथा

कस्तो रैछ दैव, कस्तो रैछ यो जिन्दगि । सरर आयो बगाई लग्यो, सवैको धन ।। बस्ने खाने हामिहरुको पिडा । छैन कोहि व्यवस्था गरिदिने हे दैव । आउ कि लैजाउ सवै हामि लाई ।। कि बनाउ राम्रो हामिलाई, हे निष्ठुरि राख हामिलाई ।।

बालबालिकाहरु हाम्रा विगत हुन् साथै भविष्य पनि हुन् । विगतलाई सही रुपमा लक्ष्यमुखि भएर सञ्चालन गर्न सकियो भने यिनि बालबालीकाको भविष्य उज्वल बन्छ । बालबालिका लाई देशको कर्णधार पनि भन्ने गरिन्छ । यि बालबालिकाको भविष्य राम्रो भयो भने बालबालिका हाम्रो देशको महान ब्यति हुनसक्छन् । नेपालमा चलेको द्धन्द्को समयमा थुप्रै बालबालिकाहरु लाई स्कुल बाट र घर बाटै युद्धमा लैजाने काम पनि गरियो । कति बालबालिकाहरु युद्धमा हराए त कति बालबालिकाहरु आफ्नो ज्यान गुमाए । अहिले ति बालबालिकाहरु युवाको रुपमा चिनिन्छन् । र कोहि बालबालिकाहरुको परिवार नै विहिन भएका थिए । त्यस्तै कैयौं बालबालिका अहिले सडकको पेटिकामा आफ्नो रात काट्न बाध्य समेत भएका छन् ।

शान्तिको सम्झौतापछि सवैमा शान्ति शब्दले समाउन थाल्यो, मात्र शब्दले मात्र, कठिन भविष्य कठिनतर्फ धकेलिएका ती बालबालिकाहरुको बारेमा गर्न सकेन । साथै बेपत्ता र मृत्यु, भएका नागरिकको खोजिमा र अन्य मागसम्म पुगेको हाम्रो समाजले भविष्य गुमाएका बाल बालिकाको बारेमा कहिल्यै चिन्ता लिएन ।

केहिदिन मात्र अगाडि २०७५ मंसिर १९ सुर्खेतको सिमाना नजिकै पर्ने पश्चिमको गिरिघाट बस्तीमा सवै आ आफ्नो काममा व्यस्त देखिन्थे त कोहि घांसको भारि बोकेर चिसो घासको भारि बोकि उस, उस, गर्ने सासले उकालि ओरालि तर्फ हिडेका थिए । कोहीे नजिकको क्यारमबोर्ड र तास खेल्नमा मस्त र ब्यस्थ थिए । ति क्यारमबोर्ड र तास खेल्दै गरेकालाई पनी उनिहरुको बाबा आमाले घास, पातको लागि उनिहरुलाई डाक्दै थिए । तर उनिहरु खेलको व्यस्थताले ल, ल भन्दै धेरै समय बिताएका थिए । त्यहांको बासिन्दाहरु कोहि आफ्नो परिवार पाल्नको लागि गिटि कुटि जिवन गुजरामा चलाएका छन, त कोहि सानो तिनो चिया, खुद्रा पसल चलाई आफ्नो परिवार चलाएका छन् । उनिहरुको पिडा धेरै रहेको छ । गएको बाडि पहिरोको घटनाले गर्दा उनिहरु अहिले सम्म पहिलाको जस्तो घर बास र परिवार पाउछौ भन्ने आशा समेत हराएको बताउछन् ।

च्यातिएको चप्पल, निलो कलरको सरकारी स्कुलको पाईन्ट,आकाशे कलरको सट, अनि निलो कलरको सुईटर पनि लगाएका ११ , १२ वर्षका बालबालिकाहरु स्कुल बाट आउन साथ त्यो गिटि कुट्नु र अनेक विभिन्न काम गर्न लागेका हुन्छन् । ति बालबालिकाहरु संग आफ्ना बुवा आमा पनि सगैं काम गर्छन् । यही ठाउंकी एक बालिका जसको नाम रमिला सुनार रहेछ । उनको बाढिपहिरो मा सवै बगायो, उनको सवै परिवारले ज्यान गुमाएको र उनी चाहीं सुर्खेत बजार दिदिको घर गएका कारण बांचेको हु, भन्दैथिईन । उनि अहिले त्यहि कान्छा बुवाको छाप्रोमा बस्दै, घाम र पानि अनि चिसोको शितलहर काट्दै , पढ्नको लागि ज्याला मजदुरी काम गर्दै आएको बताईन् ।

नेपालमा बालश्रम निषेध तथा नियमित गर्ने ऐन २०५६ को दफा ३ मा कसैले पनि १६ वर्ष पुरा नभएका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउन हुदैन, भन्ने कुरा उल्लेख गरिएको छ । तैपनि नेपालमा अधिकांश क्षेत्रमा बालश्रम दिनानुदिन बढ्दै गइरहेको अवस्था रहेको छ । होटल व्यावसाय देखि धनि मानिसहरुका घरमा काम गर्ने बालबालिकाहरु सुर्खेत लयाएत अन्य ठाउामा पनि, उति नै देख्न पाईन्छ । त्यस्तै गरि यातायातमा पनि गाडिको ढोका ढकढकाउने देखी लिएर मन्दिरको पाटि पौवामा यि बालबालिकाहरु थुप्र्रै छन् । बाढिपहिरोले गर्दा धेरै बालबालिकाहरु बाटोमा हात थाप्दै हिडेका पनि छन् । सडकमा बालबालिकाहरु आफ्नो भोक इच्छा पुरा गर्नको लागि उनिहरु भिक माग्दै हिडिरहेका छन । यसैकारण उनिहरु भोलि गएर नराम्रो बाटोमा फस्नसक्छन । बाटोमा हिड्दा खुट्टा ढोक्दै र हात थाप्दै आर्थिक सहयोग माग्दै हिड्ने बालबालिकाको लागि व्यवस्था सोच्न सकिएको छैन । हामि कोठा भित्र बसेर तातो पानि, मिठो चियामा सुरुरुप तानेर मस्तको ताता लुगामा बसेर परिवारका साथ गफ गर्छो, तर हाम्रा कोठा देखि अलि टाढा निस्केर हेर्दा पिरलो मन हुन्छ कोहिको परिवार हेर्दा न तिनका खुट्टामा न मोजा हुन्छ, नत गतिलो न्यानो लुगा नै हुन्छ । चिसोमा कठ्याङरिदै आगोको तापमा गफ गरेका हुन्छन् । त्यसै विचमा ति बालबालिका हरुले भने दिदै आगो ताप्नुहुन्छ ? अनि म पनी उनिहरु भएको ठाउंमा गएर बसें । र उनिहरुसंग धेरै कुराकानी गर्ने मौका पाएं ।

अझैपनी यस्तो घटना धेरै ठाउमा भैरहेको र बढ्दो छ । त्यसैगरि बालबालिकाको हकहितको लागि विशेष गरि सरकार, सम्बन्धित निकाय तथा पदाधिकारिहरु र अन्य संघसस्थाहरु र बालबालिकाको हकहित चाहाने जस्ता व्यतिको आवश्यक रहेको र भएकाहरुले पनी सक्रिय रुपमा नतिजा मुलक कार्यक्रम चलाउनुपर्ने बाध्यता प्रस्ट देखिन्छ । केहि सघंसस्थाले केही सडकमा भएका बालबालिकाहरु लाई लगेपनि, त्यस्ता थुप्रै अरु बालबालिकाहरुको पिडा मर्का रहेको छ । सानो बिरुवालाई हुर्काउन हामिले मल:जल, पानि इत्यादि दिनुपर्छ । जस्तै: पानिको आवश्यक परेमा खोला, इनारमा धाएर त्यस बिरुवालार्इृ चार्नु पर्छ र त्यस बिरुवालाई बचाउनको लागि हामिले अनेक भिटामिन, औषधि र हरेक कुरामा ध्यान दिन्छौ । त्यस्तै गरि भविष्यका कर्णधार अर्थात अहिलेका बालबालिकाहरु संग सम्बन्धित निति नियमको पालना गर्न गराउन, सम्बन्धित निकायहरुले आफ्नो आफ्नो क्षेत्रबाट प्रभावकारि कदम अगाडि बढाउनु बर्तमान आवश्यक्त्ता हो ।

यसप्रति सम्बन्धित निकाय तथा सरोकारवाला व्यतिहरुको अझै ध्यान जान जरुरी रहेको देखिन्छ । यिनि बालबालिकाको पहिले, खासै चासोको विषय बनेको थिएन, र अहिले केहि चासोको विषय बनेको छ, र अझ यो भन्दा धेरै चासोको विषय बनोस ।

बोगटी, मध्यपश्चिमाञ्चल विश्वविध्यालय कि कानुन संकाय अन्तर्गतकी विद्यार्थी हुनुहुन्छ ।

wellness.com

 

Must View