नागरिक पोष्ट News


बलिउड–२०१८ : क-कसले मारे इन्ट्री

2.1K

मुम्बई : वर्षभरि बलिउडमा सयौं बन्छन् तर थोरै मात्रै स्टार हुन्छन्। धेरै फिल्ममा नयाँ अनुहार पनि देखिन्छन्। तर, चर्चामा तिनीहरू मात्रै आउँछन् जो ठूलो ब्यानर र स्टार परिवारसँग जोडिएका हुन्छन्। स्टारका छोराछोरीलाई फिल्म रिलिज हुनुअघि नै स्टार बनाइन्छ।

बलिउडमा प्रवेश गरेका दुई अभिनेत्री जाह्नवी कपुर र सारा अली खान अहिले चर्चामा छन्। जाह्नवीले फिल्म ‘धडक’बाट बलिउडमा पाइला टेकेकी हुन्। दुःखको कुरा, श्रीदेवी आफ्नी छोरीको पहिलो फिल्म हेर्न नपाई बिदा भइन्। जाह्नवीको यो फिल्म सफल भयो। उनलाई लगातार ठूलो ब्यानरको फिल्मबाट अफर आइरह्यो।

सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान आफ्नी आमाजस्तै बिन्दास देखिइन्। ‘केदारनाथ’मा उनले राम्रो अभिनय गरिन्। यही वर्ष साराको दोस्रो फिल्म सिम्बा पनि रिलिज भयो। सानो पर्दामा नागिनका रूपमा चिनिएकी मौनी रायले पनि ठूलो पर्दामा प्रवेश पाइन्। फिल्म ‘गोल्ड’मा उनले बंगाली युवतीको भूमिका निर्वाह गरेकी छन्।

फिल्म बक्स अफिसमा सफल देखियो।‘अक्टोबर’बाट करिअर सुरु गरेकी बनिता सन्धुले पनि आफ्नो अभिनयबाट प्रशंसा बटुलिन्। फिल्मका नायक वरुण धवनको अगाडि बनिताको चर्चा दबियो र उनलाई यो फिल्मबाट खासै फाइदा भएन। बनिताजस्तै माल्विका मोहननले ‘बियोन्ड द क्लाउड्स’मा दमदार अभिनय गरिन्।

सलमान खानको खोज वारिना हुसैनले ‘लवयात्री’बाट दर्शक प्रभावित गर्न सकिनन्। ‘लव पर स्क्वैयर फुट’की अंगिरा धर उनीभन्दा अगाडि देखिइन्। नयाँ आएका हिरोइनको कुरा गर्दा सारा र जाह्नवी नै आफ्नो स्टारडम देखाउन सफल भए। बाँकीलाई अघि बढ्न निकै संघर्ष गर्नुपर्नेछ।

नवोदित अभिनेतामा ईशान खट्टर सबैभन्दा अगाडि छन्। उनको खातामा सफल फिल्म ‘धडक’ छ अनि उत्कृष्ट अभिनय रहेको ‘बियोन्ड द क्लाउड्स’ पनि। गदर फेम निर्देशक अनिल शर्माले छोरा उत्कर्ष शर्मालाई स्टार बनाउन राम्रै पैसा खर्च गरे तर काम लागेन। आयुषको ‘लवयात्री’ र उत्कर्षको ‘जिनियस’ ले दर्शकको मन जित्न सकेन।

दक्षिण भारतका लोकप्रिय कलाकार दुलकर सलमानले ‘कारवाँ’बाट हिन्दी फिल्ममा कदम रखे। उनको अभिनय सानदार रह्यो। ‘बाजार’मा रोहन मेहराले राम्रै चर्चा पाए। ‘कुछ भिगे अल्फाज’का जैन खानका बारेमा पनि यही कुरा लागू हुन्छ। ईशानलाई केही फाइदा भए पनि अरूलाई परिचय बनाउन कडा संघर्ष र मेहनत गर्नुपर्ने देखिन्छ। - एजेन्सी

Must View