नागरिक पोष्ट News


आज वर्षकै न्यून तापक्रम

2.7K

काठमाडौं, पुस ११ : काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ। बुधबार बिहान काठमाडौंमा २ डिग्री सेल्सियसस मापन गरिएको छ। यसअघि काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री मापन गरिएको थियो। मंगलबार यहाँ २ दशमलव ६ डिग्री थियो।

त्यसैगरी जुम्लामा पनि वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ। मंगलबार जुम्लाको तापक्रम माइनस ६ दशमलव ८ डिग्री मापन गरिएको थियो। जिरीको तापक्रम बुधबार माइनस ३ दशमलव २ डिग्री सेल्सियस छ भने जोमसोमको तापक्रम २ दशमलव ७ डिग्री मापन गरिएको छ।

दिपायलमा आज २ दशमलव ८ डिग्री, डडेल्धुरामा २ दशमलव ५ डिग्री, धनगढीमा ५ दशमलव ५ डिग्री, विरेन्द्रनगरको २ दशमलव ८ डिग्री, पोखराको ६ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको छ। ताप्लेजुङमा आजको तापक्रम ४ डिग्री मापन गरिएको छ भने जनकपुरको ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।

तराईका जिल्लामा चार दिनदेखि घाम लागेको छ। हुस्सु तथा शितलहरले त्यहाँको जनजीवन कष्टकर भएको छ। त्यस्तै हिमाली जिल्लामा खोलाहरु समेत जमेका छन्। हिउँ तताएर पानी पिउने गरेका छन्।

आज फेरी पूर्वी तथा पश्चिमी हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाडी भुभागहरुमा आंसिक देखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

आज बुधबार सुर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भयो भने सुर्यास्त बिहान ५ बजेर १६ मिनेटमा हुनेछ।

Must View