नागरिक पोष्ट News


इनर ह्वील कल्ब किर्तिपुरले  तालिम सम्पन्न गर्यो 

3.8K

सबु बस्नेत  काठमाण्डौं पौष ८ 

राजधानिमा इनर ह्वील कल्ब किर्तिपुरले मिडियाको प्रभाव ,प्रभावकारिता र प्रयोग विषयमा एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम विभिन्न विद्यालयका सञ्चालक ,शिक्षकहरु र सञ्चारकर्मीहरु वीच सम्पन्न गरेको छ । प्रशिक्षक दिपक लामिछानेले मिडियाको प्रभाव ,प्रभावकारिता र प्रयोग सही तरीकाबाट हुनुपर्छ भन्ने शुक्ष्म कुराहरुको विश्लेषन गर्दे समान्य जिवनमा परेका प्रभावहरुबारे बताउदै दैनिक समसामायिक विषयमा छलफल गर्दे मिडिया आम मानिसको लागि अति आवश्यक भएको बताउनु भयो ।

त्यस्तै वरिष्ठ प्रशिक्षक स्वागत नेपालले पनि हाल मिडियाको कानुनी दायरा को कुरा गर्दे मिडिया चलाउन जानेमा अति उपयोगि र नजानेमा फन्दामा समस्या झेल्ने माध्यम बनेको बताउदै हालको कानुनी व्यवस्था बारे बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि लगायतले वर्तमान समयमा जो कोहीलाई पनि यस्तो किसिमको शिक्षाको आवश्यक पर्ने बताउदै यो तालिम अति उपयोगी भयको बताउनु भयो । 

सस्थाको अध्यक्ष राज्य लक्ष्मी बैदार ले हामी कुनै ठुलो मान्छे नभए पनि यस्ता्े तालिम लिनु पर्ने बताउदै यसले व्यक्तित्व विकास हुनुको साथै मिडिया सामु बोल्न सक्ने बनाउछ र भविष्यमा पनि यस सस्थाले यस्तै किसिमका कार्यक्रमहरु गर्दे जाने बताउदै  यसलाई निरन्तरता र प्रोत्साहन गर्न सबैमा आग्रह गरे ।

करिब २५ जना सहभागी रहेको तालिममा सबैले तालिम पछि प्रमाणप्रत्र प्राप्त गरेका थिए । तालिम होटल हिमालय पुल्चोकमा सम्पन्न भयको थियो ।

 

Must View