नागरिक पोष्ट News


कोमल ओली ःलभ परेर पनि “किस” गरेन, मेरो रारामा हनिमुन मनाउने सपना पनि अधुरै रह्यो

2.9K

हाम्रो परिवार पुख्र्यौली थलो रोल्पाबाट दाङको टिकरी झरेको हो । वैशाख १ गते म त्यहीँ जन्मिएँ । टिकरी विकट गाउँ थियो, स्कुल जान नै दुईरतीन घन्टा हिँड्नुपर्थ्यो ।त्यसैले बुबाले हामीलाई स्कुल जान घोडा किनिदिनुभएको थियो । दाइ र म त्यही घोडा चढेर स्कुल जान्थ्यौँ । पछि टिकरीको सम्पत्ति पनि बेचेर हामी स्कुलनजिकै भएको दाङकै दोगरीमा सर्‍यौँ ।

स्कुलमा पढ्थेँ, गाउँथेँ अनि खेलकुदमा पनि सक्रिय थिएँ । वीरेन्द्र रनिङ सिल्ड प्रतियोगितामा स्कुललाई सबैभन्दा बढी गोल्डमेडल दिलाउने खेलाडी म नै हुन्थेँ ।स्कुलमा मात्र होइन, दाङभरि नै म सहभागी नभएको कार्यक्रम नै हुँदैनथ्यो । र, जहाँ गए पनि मेडल जितेरै र्फकन्थेँ । खेलकुद, गायन तथा नृत्यमा जितेको कचौरा, गिलास र थालले टिनको एउटा बाक्सा नै भरिएको थियो । ०४४ सालमा महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ । महेन्द्र बहुमुखी क्याम्पसमा पोलिटिकल साइन्स लिएर ग्रयाजुएसनसम्म पढेँ ।

त्यसबेला लभ गर्ने वातावरण थिएन घरमा बुबा हार्मोनियम बजाएर भजन गाउनुहुन्थ्यो । दाइ, म, भाइ र बहिनी बुबाले भजन गाउँदै जसोजसो भन भन्नुहुन्थ्यो त्यसैत्यसै भन्थ्यौँ । हामी लोकभजन मात्रै गाउँथ्यौँ । पूजाहरूमा पनि मैले गाउनैपथ्र्यो । पूजा हुने घरका मान्छे मलाई लिन कुरेर बसिरहन्थे ।

घरबाट पठाउन मान्दैनथे, तर उनीहरू कुरिरहन्थे । पूजामा भजन सकिएपछि छोरेटीरछोरेट्टा (भनाभन गरेर युवायुवतीले गाउने दोहोरी गीत० सुरु गरिहाल्थ्यौँ । त्यसबेला लभ गर्ने, घुम्ने ठाउँ अथवा वातावरण नै थिएन ।

नाइटबसमा मेरो गीत घन्कियो रेडियो नेपालले प्रजातन्त्र दिवसका उपलक्ष्यमा अधिराज्यव्यापी खुला लोकगीत प्रतियोगिता गथ्र्यो । ०४४ सालमा त्यही प्रतियोगितामा भाग लिन हामी दाङबाट एउटा टिम नै आएका थियौँ, गोविन्द आचार्य दाइको नेतृत्वमा । मादल बजाउने मान्छेले अलिकति ताल बिगारिदिए, त्यसैले हामी सेकेन्ड भयौँ ।

नन्दकृष्ण जोशी दाइ फस्ट हुनुभयो । त्यो प्रतियोगितामा मैले र मेरी बहिनी प्रज्ञाले दोहोरी गाएका थियौँ । हामी सेकेन्ड भयौँ, तैपनि म्युजिक नेपालले हामीलाई एल्बम अफर गर्‍यो । १४ सय रुपैयाँमा पहिलो एल्बम ‘राप्तीको झरना’ गर्‍यौँ । हामी दाङ जाँदा नाइट बसमा हाम्रै गीत बज्थ्यो, सबै यात्रु हामीतिर हेर्थे । हामी पनि खुसीले मख्ख पर्थ्यौं ।

वक्तृत्वकलामा जापान गएँ सन् १९९२, म कलेज पढ्दै थिएँ । रेयुकाईले वक्तृत्वकलामा उत्कृष्ट हुने प्रतियोगीलाई जापान पठाउने समाचार गोरखापत्रमा पढेँ । दाङमा रेयुकाईको शाखा थिएन, काठमाडौं शाखाबाट म प्रतिस्पर्धी बनेँ । काठमाडौं शाखामा २८ प्रतिस्पर्धी थियौँ । २८ बाट नौ र नौबाट एकजना छानिनुपथ्र्यो । पहिलो नौमध्ये म छैटौँ पोजिसनमा आएँ । र, अर्को चरणमा फस्ट भएँ ।

त्यसपछि देशैभरिका अन्य शाखाबाट पनि छानिएर २७र२८ जनाबीच प्रज्ञा प्रतिष्ठानमा फाइनल प्रतियोगिता गरियो । म नै फस्ट भएँ र जापानको ओसाकामा ४७ देशबीच हुने प्रतिस्पर्धामा मैले नेपालको प्रतिनिधित्व गरेँ । नेपालको झन्डासहित ढाकाको साडी र चौबन्दी चोली लगाएर मैले स्पिच दिएकी थिएँ । ४७ प्रतिस्पर्धीमध्ये मेरो स्पिच ‘एक्सिलेन्ट’ भयो । २७ दिनको भ्रमणपछि उत्कृष्ट बनेर नेपाल फर्किएँ । त्यतिवेला राइजिङ नेपालमा अन्तर्वार्ता आयो । रेडियो नेपालमा समाचार बज्यो ।

यसरी छिरेँ रेडियो नेपाल मेरो भाइ सिद्धार्थ वनस्थलीमा पढ्थ्यो, म पनि काठमाडौं आउन चाहन्थेँ । तर, बुबाले मान्नुभएको थिएन । ‘तिमीले यहीँ ९दाङमै० स्कुल चलाऊ, शिक्षिका बनेर गाउँको सेवा गर र बचेको समयमा राजनीति गरेर यहाँबाट माननीय बन्नुपर्छ,’ उहाँ बारम्बार भनिरहनुहुन्थ्यो । तर, सबैले चिन्ने कोमल वली बन्न मलाई काठमाडौं आउनु नै थियो ।

रेडियोसँग म बढी फेमिलियर थिएँ । बुबा हरदम रेडियो सुन्नुहुन्थ्यो । बिहान ५ बजेदेखि आँगनको पीपलबोटमा रेडियो झुन्डेर बजिरहन्थ्यो । भजन होस् या दुर्गानाथ शर्मा, प्रवीण गिरी वा कृष्ण ताम्राकारका समाचार हुन्, बजिरहेकै हुन्थ्यो । राति ११ बजेपछि मात्रै रेडियो बन्द हुन्थ्यो । रेडियोमा सुनेकै आवाजहरूको म क्यारिकेचर गर्थेँ ।

स्कुल, कलेजमा ‘यो रेडियो नेपाल हो, अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुहोस्’ भनेर उहाँकै क्यारिकेचर गरेर समाचार पढ्थेँ । त्यसैले पनि मेरो मन रेडियोमा थियो ।मेरो ध्याउन्न सधैँ रेडियो नेपाल वा नेपाल टेलिभिजनभित्र छिरेर कहिले काम गर्न पाउँला भन्ने मात्र थियो । त्यहीवेला रेडियोले वान्टेड गर्‍यो, चैतमा मैले दरखास्त हालेँ । ०५० वैशाख १ गतेदेखि रेडियो नेपालमा काम गर्न थालेँ ।

दरबारबाटै स्कुलको फी आउँथ्यो तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको तुलसीपुरमा सवारी थियो । त्यतिवेला मैले सानोमा बुबाले सिकाउनुभएको एउटा गीत गाउँदै राजारानीलाई नाच देखाएकी थिएँ । प्रस्तुति सकिएपछि रानी ऐश्वर्यले मलाई स्टेजमा बोलाएर आफूनजिकै राखेर ‘तिमी कति कक्षामा पढ्छौँ रु’ भनेर सोधिबक्स्यो ।

मैले ६ कक्षा पढ्छु भनेँ । ‘तिमी राम्रो पढ्नु, म काठमाडौंबाट तिमीलाई पैसा पठाइदिन्छु,’ भनेर हुकुम भयो । त्यसपछि त सिडिओ कार्यालयमार्फत मेरो पढाइका लागि दरबारबाट पैसा आउन थाल्यो । दरबारबाट पैसा आउन थालेपछि मलाई गाउँमा हेर्ने दृष्टिकोण नै परिवर्तन भयो ।

कलेज पढ्न थालेपछि एकचोटि राजारानीको हातबाट टीका थाप्न गएँ । दरबारमा टीका थाप्नेको भीड थियो, मेरो पालोमा मैले राजालाई ‘मलाई सरकारबाट छात्रवृत्ति बक्स भा’थ्यो, त्यही छात्रवृत्तिमा पढेकी हुँ, मेरो नाम कोमल वली हो, दाङबाट आएकी हुँ’ भनी टीका थापेर फर्केँ ।

मैले रेडियो नेपालमा काम गर्न थालिसकेकी थिएँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राजा वीरेन्द्रको राज्याभिषेकको सिल्भर जुब्ली मनाउने कार्यक्रम थियो । त्यो कार्यक्रममा नेपाली उद्घोषिका म थिएँ ।

राजारानीको उपस्थितिमा कल्चरल ग्रान्ड प्रोग्राम थियो । कार्यक्रम सकिएपछि राजालाई भेट्ने लाइन थियो, मेरो पालोमा राजा वीरेन्द्रले भन्नुभयो, ‘तिमी कोमल वली होइन, पहिला टीका लाउन आथ्यौ नि, दाङकी होइनौँ रु’ त्यतिवेला राजाको मानसपटलमा मेरो त्यतिचाहिँ चिनाजानी रहेछ भन्ने थाहा पाएँ ।

धीरेन्द्रलाई ‘चौकीदार’ भनेर दोहोरी गाएँ एथलेटिक्सतिर मैले पाकिस्तान, बंगलादेश, भारतमा भएको साफ गेम, सोल ओलम्पिकसहित नेपालको तर्फबाट पाँचवटा अन्तर्राष्ट्रिय खेल खेलेँ । तर, कहिले पनि अधिराजकुमार धीरेन्द्र शाहलाई भेट्ने चान्स पाइनँ । ०४१ मा रंगशालामा भएको दोहोरी प्रतियोगितामा हामी नै फस्ट भएका थियौँ, तर त्यहाँ धीरेन्द्र सरकारलाई दोहोरी सुनाउन पाएका थिएनौँ, पुरस्कारचाहिँ उहाँकै हातबाट लिएका थियौँ ।

०४२ सालमा वीरगन्जमा भएको दोहोरी प्रतियोगितामा मेरो र प्रजापति पराजुलीको कम्पिटिसन परेको थियो । गुन्युचोली, गालामा फूल, रातो लिपिस्टिक, गाजल, टीकामा सजिएर गाउन बसेकी थिएँ । धीरेन्द्र सरकार पनि मञ्चमै आसीन हुनुहुन्थ्यो ।

रारामा हनिमुन मनाउने सपना अधुरै जब म गहिरो प्रेममा थिएँ, त्यतिवेला सोच्थेँ( ‘हनिमुन त जरुर रारा तालको किनारमा मनाउँछु ।’ तालको किनारमा राराकी अप्सरा बनेर श्रीमान्सित दिनभरि बिताउने मन थियो । तर, त्यो सपना नै रह्यो ।

पछि, म एक्लै रारा पुगेँ । त्यहाँ पुगेपछि सोचेँ, ‘वास्तवमा म हनिमुनमा आउनलाई बनेकै रहेनछ रारा, म एक्लै आउनलाई बनेको रहेछ ।’ यदि म हनिमुनका लागि रारा पुग्दा बोटिङ गर्ने वेला उसले ९श्रीमान्० ‘यस्तो नगर’ भन्थ्यो होला । ‘दिनभरि कति बसेको, हिँड’ भनेर कर गथ्र्यो होला ।

म पूरै दिन राराको किनारमा बसेर कविता लेखेको छु । राराको वरिपरि घुमेको छु । इट वाज भेरी वन्डरफुल मुमेन्ट इन माई लाइफ । हनिमुनमा फलानो ठाउँ जान्छु भनेर कसैले नसोच्नु, त्यो पूरा हुँदैन । भइसकेपछि सोच्नु, हुनेभन्दा पहिला नसोच्नु । सोचेका कुरा केही पूरा हुँदैन । कर्ममा विश्वास गर्ने, जे अगाडि आउँछ त्यो गर्ने हो ।

अहिले पनि प्रेममै छु गीत गाएर नाम कमाएको हुनाले कोमल वलीको घरजम कहिले होला भन्ने फ्यानहरूको चासो हुन्छ, छ । उनीहरूको चासोबाट म लुक्न सक्दिनँ, न भाग्न नै सक्छु । ढुक्क भए हुन्छ, तत्कालै मैले घरजम गर्नेवाला छैन ।

बिहे गर्न जरुरी छ, बिहे भए राम्रै हो । तर, नगर्नेको जिन्दगी कस्तो छ भन्ने बिहे गरेकाले बुझेका छैनन् । त्यसैले उनीहरू बिहे नगरेर जीवन अपूरो भो भन्छन् । जीवनमा दुईजना हुनु राम्रो हो, एक्लो हुनु झन् राम्रो हो । यसो भन्दैमा म विवाहको विरोधी कदापि होइन ।

प्रेमविना मान्छेको जीवन नीरस हुन्छ । प्रेमले जीवनमा रस भरिदिन्छ । एकछिन कुरा गर्दा पनि आनन्द आउँछ । दुःख बिसाउन पाइन्छ । परिवारका सदस्यले गर्ने प्रेमभन्दा पनि एउटा साथीको प्रेम धेरै आवश्यक छ । म पनि अहिले प्रेममै छु । प्रेम चरम उत्कर्षमा पुगेपछि बिहे गरौँला नि १ तर, अहिल्यै बिहेबारे योजना बनाएकी छैन । बिहे नगर्ने निर्णयमै पनि पुगेकी होइन ।

लान पाम् भन्नेले लगेन गीतमार्फत तिजको गीतमा नयाँ स्वाद दिन हामीले चुनौती मोल्यौँ । गीत विवादमा पर्छ भन्ने हाम्रो पूर्वानुमान थियो । त्यसैले ‘पोइल जान पाम’को ठाउँमा ‘बिहे गर्न पाम’ शब्द राख्यौँ । तर, गीतकारले शब्द फेर्न मान्नुभएन । उहाँले शब्द फेर्ने भए गीत नै दिन्न भन्नुभयो । पोइल भनेको आफूले लभ गरेको केटासँग जाने भन्ने कुरा त हो नि, जे पर्लापर्ला भनेर रिस्क मोलेँ ।

गीत सबैबाट रुचाइएपछि सुमन बुढा भाइले ‘पोइल जान पाम भन्नेलाई मैले लान पाम’ भन्ने गीत गाए । त्यो गीतको विरोधमा अदालतमा मुद्दा नै हाल्ने तयारीसमेत भएको थियो । पछि मुद्दाले वैमनस्यता र झगडा बढाउँछ भन्ने सोचेर म अदालत गइनँ । पछि सुमनले पनि भेट हुँदा माफी मागेँ । ‘हजुरलाई अगाडि राखेर सोध्न सकिनँ । भेट्न सकिनँ ।

कुरा गर्ने हिम्मत पनि भएन । मबाट गल्ती भएको भए माफी चाहन्छु,’ उसले माफी माग्यो । त्यसपछि ऊसँग लामो समय भेट भएन । एक दिन मैले आपै“m फोन गरेर उसलाई बोलाएँ । ऊ डराउँदै आयो ।

पूरै नर्भस थियो, उसलाई सजिलो होस् भनेर मैले खुलेर कुरा गरेँ, जिस्किएँ पनि । मैले रमाइलो गर्दै ‘पोइल लाने हो त’ भनेर जिस्किएँ । ‘पाए त हजुरलाई किन नलानू,’ घोप्टो परेर उसले जवाफ दियो । मैले फेरि ठट्टा गर्दै सोधेँ, ‘साँच्ची लान्छौ त, आँट छ रु’ ऊ घोप्टो परेर ‘लान्छु, लान्छु’ मात्र भनिरहन्थ्यो ।

Must View