नागरिक पोष्ट News


अपाङ्गता भएका किशोरी बुटिक तालिम लिँदै

2.8K

कपलिवस्तु । दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालिम लिँदै छन् ।

उनले भने, “हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको थियो । अहिले बुटिक तालिम लिँदै छु ।” बुटिक तालिम लिएपछि उहाँले यसै पेशालाई व्यावसायिक बनाउने बताए ।

स्टोमाफाउण्डेसन, किर्डाक नेपाल र नगरपालिकाको सहयोगमा नगरस्तरीय आपाङ्गता पुनःस्थापन समितिले आयोजना गरेको दुई महीने बुटिक तालिममा १० जना अपाङ्ग किशोरी सहभागी भएका छन् । हातमा सीप नभएकै कारण अहिले धेरै किशोरी बेरोजगार रहेको उल्लेख गर्दै समितिका अध्यक्ष दीपक खड्काले भने, “यो सीपलाई व्यावसायिक बनाउन सके राम्रो कमाइको बाटो हुन सक्छ ।

तालीममा सहभागीहरूले दैनिक जीवनमा आइपर्ने घरेलु समस्या समाधान गर्न यसै पेशालाई व्यावसायिक रूप दिन सकिने बताए । घरमै बसेर स्वरोजगारको रूपमा बुटिक पेशालाई अगाडि बढाउन सकिने उनीहरूले बताए । गत मङ्सिर १० गतेदेखि बुटिक तालिम शुरु भएको हो ।

Must View