नागरिक पोष्ट News


‘ब्रेक अप’ पछि नेहाले सुटिङस्थलमा आफूलाई सम्हाल्न नसकेपछि…

1.7K

एजेन्सी । बलिउडका चर्चित जोडि मध्येका एक हुन् गायिका नेहा कक्कार र हिमान्श कोह्ली । दुईबीचको उमेर ग्यापले पनि यी दुई चर्चामा छन् । ‘इण्डियन आइडल’ मा निर्णयक रहेकी नेहाले एक प्रतियोगीले गीत गाउँदा आफूलाई सम्हाल्न सकिनन् ।

खबर अनुसार नेहा र हिमान्शको सम्बन्ध राम्रो छ्रैन । उनीहरू दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममा एकअर्कालाई ‘अनफलो’ गरिसकेका छन् । करिब चार वर्षसम्म एक अर्कालाई डेट गर्दै आएका उनीहरूको सम्बन्धमा आएको खटपटको असर नेहाको व्यवसायिक जीवनमा परेको छ ।

रियालिटी शो इण्डियन आइडलको सुटिङको समय नेहा रुन थालिन् । एक प्रतियोगीले इमोसनल गीत गाएपछि नेहाले आफूलाई सम्हाल्न सकिनन् । सुटिङस्थलमा पुगेको समयमा पनि उनी ठिक अवस्थामा थिइनन् । सेटमा सधैं हाँस्ने र गुनगुनाउने उनी त्यस दिन निराश थिइन् ।

स्रोतले जनाएअनुसार नेहालाई क्यामराको अघि ‘रिटेक्स’ लिनु पर्दैन । कुनै बेलामा रुने या हाँस्ने सामान्य हुन्छन् । तर त्यस दिन त्यस्तो माहोल थिएन । टिमलाई ‘पर्फेक्ट सट’ लिनको लागि धेरै पटक रिटेक लिनुपरेको थियो । आफ्नो भावनाको कारण नेहा समस्यामा थिइन् । उनले केही समय ब्रेक लिइन् र केही समयपछि फेरि सुटिङ सुरु गरिएको थियो । आफू रोएका दृश्य एडिट गर्न भनेकी छिन् 

Must View