नागरिक पोष्ट News


क्यान्सर लागिसकेपछिको अनुभूति साट्न मनीषाले स्मरणात्मक पुस्तक ‘हिल्ड’ ल्याइन्

2.4K

काठमाडौ । अभिनेत्री मनीषा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूति साट्न  स्मरणात्मक पुस्तक ‘हिल्ड’ बजारमा ल्याएकी छिन् । सोमवार राजधानीमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाले क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख गरेको जानकारी दिईन् ।

‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबै समक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यो पुस्तक नेपाली भाषामा फाइनप्रिन्टले प्रकाशन गर्दै छ । यसमा म अति खुसी छु ।’ उनले भनिन् ।

आफुले क्यान्सर लागेपछि भोग्नुपरेको जिवन उतारचढावलाई समेटेर पुस्तक लेखेको र यसले भावी पुस्तामा समेत चेतना जगाउन मद्दत गर्ने उनको भनाइ छ ।मनिषाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने जनाइएकाे छ ।

Must View