नागरिक पोष्ट News


अमेरिका जाने ? करोेडौँ गुमाएर रित्तै स्वदेश फिर्ता हुनुपर्दछ, जनचेतनाका लागि सक्दो शेयर गरौ !

3.1K

अमेरिकामा मासिक ५ देखि ६ लाखसम्म कमाइ हुने आशमा युवाहरु लाखौ खर्चेर अमेरिक जान तयार हुन्छन् । यति मात्र होइन साथीभाइले आफूहरु अमेरिका पुगिसकेको, काम र कमाइ पनि राम्रो हुने रहेछ भनेर फोन गरेपछि अरु युवाहरु पनि अमेरिकाको मोहमा अनयासै फस्ने गर्दछन् । हवाइमार्गभन्दा पैदल यात्राबाटै महिनौ लगाएर युवाहरु राजी हुन्छन् । भारतको नयाँदिल्ली हुँदै अमेरिका पुर्याउने र अमेरिकामा काम लगाइदिने सपना दलाहरुले दिन्छन् युवाहरु मख्ख पर्दछन्। कतिपयलाई भारतको नयाँ दिल्लीहुँदै मस्को, हवाना, पानामापछि हाइटी लगेर छाडिदिन्छन् र २० लाखौ पानीमा स्वाहा हुन्छ ।

५० औं लाख गुमाएर रित्तो हात फर्केका युवाहरुको मर्मस्पर्शी कथा पढ्नुहोस्

    अहिले  दाङ घोराहीका मोहम्मद जावेदले अमेरिका जाने सपनामा हाइटीसम्म पुगेर बन्धक मात्र बन्नुपरेन ५० लाख झिरिप भयो । हाइटीमा बन्धक बनेर जावेद बल्ल बल्ल आफ्नै खर्चमा जुलाई ११, २०१८ मा नेपाल आइपुगे। खल्ती भरी पैसा लिएर गएका जावेदको पैसा मात्रै सकिएन ७ महिना कठोर जीवन हाइटीको कोठा भित्रै बिताउनु पर्यो । त्यस्तै अमेरिका जाने सपनामा कन्चनपुरका सुरेन्द्रबहादुर मगरले ४८ लाख ५० हजार गोकर्णबहादुर बाठा मगरलाई बुझाए। भारतको नयाँ दिल्लीहुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटीहुँदै क्यारेवियन मुलुक पुगे। उनलाई क्यारेवियन मुलुकमा रिसिभ गर्ने अर्कै व्यक्ति थिए।  त्यहाँबाट उनलाई टिटस आइल्याण्ड पुर्याइयो।

केही दिनमै अमेरिका जाने भनेर उनी कोठामा नै धेरै दिनसम्म बस्नु पर्यो। त्यहाँ उल्टै प्रहरीले पक्राउ गरेर जेल बस्न पर्यो। त्यहाँको भाषा पनि नबुझ्दा निकै कष्टकर जीवन बिताउनु पर्यो’, उनी भन्छन्। ४८ लाख सकेर जेल जीवन पनि बिताएर आफन्तको पहलमा उनी नेपाल फर्किएका छन्। मगरको अमेरिका जाने सपना आइल्याण्डको जेलमा सात महिना बस्दा भताभुंग भयो। उता हाइटी पुगेका जावेदले पेट भरी कहिल्यै खान पाइन, पाउरोटी खाएर बिताए । जावेदले आफूसँग अर्का एकजना साथी पनि त्यसै गरी पचासलाख भन्दा बढी सकेर रित्तै नेपाल फर्किएको बताए।   नेपाल फर्किएपछि जावेदले अपराध अनुसन्धान महाशाखा टेकुमा अपराधी विरुद्ध ठगीको उजुरी दर्ता गराएका छन्। 

banner रोल्पाका तेजकुमार देवले अमेरिका जानका लागि ६० लाख नै सके। उनलाई पनि सबैलाई जस्तै अमेरिकाको मीठो सपना देखाइएको थियो। अमेरिका पुगेर धेरै आम्दानी गर्ने भएपछि उनले सजिलै ५५ लाख रुपैयाँ जगन्नाथ कँडेललाई बुझाए। ५ लाख जति सपिङ र बाँकी हाइटीबाट अलपत्र परेर फर्कँदा सके। देवले भने, ‘अमेरिका जाने भएपछि डेड दुई लाखको त सपिङ नै गरेको थिएँ।’अहिले अमेरिका मोह देखाएर विभिन्न कन्सल्टेन्सी तथा व्यक्तिकै माध्यमबाट धेरै युवा ठगिँदै आएका छन्। अमेरिका पुर्याउने सपना देखाएर निकै ठूलो रकम ठगिएका २६ जनाभन्दा बढी पीडित युवा उजुरी  आएको प्रहरी अपराध महाशाखा टेकुल जनाएको छ ।  धेरै युवालाई ठग्दै आएका गोकर्ण बाठा भन्ने व्यक्ति हाइटीमा बसेर अमेरिका जाने मानिसलाई रिसिभ गर्ने काम गर्ने, युवाबाट पैसा उठाउने लगायत काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

मानव ओसार पसारमा संलग्न सागर श्रीष भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको अपराध महाशाखा टेकुले जनाएको छ। अमेरिका पुर्याउने भन्दै ठग्ने अपराधीको ठूलो सञ्जाल हुन सक्ने भन्दै  सचेत भइ अमेरिका मोहमा अवैधानिक बाटो हुँदै नजान युवाहरुलाई प्रहरीले अनुरोध समेत गरेको छ। 

Must View