नागरिक पोष्ट News


बडिविल्डिरको विश्वबिजेता,महेश्वर महर्जन : सम्मान स्वरुप १ लाइक १ शेयर गरौ !

2.8K

नेपालका महेश्वर महर्जनले थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्णपदक जिते । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् ।

महर्जनको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए ।

महर्जनले भात खान त निकै अगाडिदेखि छाडेका थिए । यस्तै चिल्लो–पिरो पनि बारेका थिए । उनी दैनिक ३० वटा अन्डा (सेतो भाग मात्र) खान्थे भने एक किलो कुखुराको ब्रेस्ट खान्थे । दैनिक ८ घन्टा जिम गर्थे ।

प्रतियोगिताको केही दिन अगाडिदेखि खेलाडीहरुले सामान्य पानीसमेत पिउँदैनन् । उनीहरु ब्याट्रीमा हालिने डिस्टिल्ड वाटर मात्र पिउँछन् । महर्जनले पनि यसै गरेका थिए ।

को हुन् महर्जन ?

काठमाडौंको छाउनीमा घर भएका महर्जन लामो समयदेखि शारीरिक सुगठनमा छन् । सामान्य किसान परिवारमा जन्मेका उनी सानोमा ख्याउटे थिए । कक्षा नौमा पढ्दा नरदेवीको यूनिभर्सल जिमबाट उनले शारीरिक व्यायाम सुरु गरेका थिए । तर उनलाई घरबाट सहयोग थिएन । खासगरी आमाले यो क्षेत्र मन पराएकी थिइनन् ।

२००५ मा उनले पहिलोपटक दशौं धर्मश्रीमा भाग लिएर पाचौं भएका थिए । परिवारको आर्थिक स्थिति कमजोर भएकाले उनले बाहिर काम पनि गरिरहेका थिए ।

त्यसपछि उनले मिस्टर हिमालयमा भाग लिए र सेकेन्ड पोजिसनमा आए । अहिलेसम्म २४/२५ वटा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका मानन्धरले १८ वटा गोल्ड मेडल जितेका छन् ।

२०११ मा भियतनाममा आयोजित ४७ औं एसियन च्याम्पियनसीप उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यसमा उनी ११ जनामा सातौं भए । १३ औं धर्मश्रीमा सर्वोत्कृष्ट उनको चर्चा बढेको थियो ।

परिवारको दायित्वले गर्दा महर्जन दुईपटक विदेशिए । पहिलोपटक साउदीअरब गएर उनले फिटनेस जिममा डेढ वर्ष काम गरे । बाबु बिरामी भएपछ नेपाल आए । तर, परिवार पाल्न गाह्रो भएपछि ५–६ महिनापछि दुबई गए । त्यहाँ होटलमा फिटनेस डिपार्टमेन्टमा असिस्टेन्ट फिटनेस म्यानेजरका रुपमा साढे तीन वर्ष काम गरे । केही पैसा कमाएर उनी फर्के ।

अहिले चाहिँ उनी साथीहरुसँग मिलेर जिम सेन्टर सञ्चालन गरिरहेका छन् । अहिले उनको आर्थिक अवस्था केही राम्रो छ ।

Must View