सचेत बनौं ! ८ घण्टा भन्दा बढि र ६ घण्टा भन्दा कम सुत्नेको अकालमै ज्यान जान सक्छ !
2.3K
कुनै उमेर समुहलाई ६ घण्टा सुत्दा पुग्छ भने कसैलाई अलि बढि पनि चाहिने हुनसक्छ । कति घण्टा सुत्नु पर्छ भन्ने कुरा थाहा पाउन जरुरी पनि छ । अनुसन्धानकर्ताहरूले धेरै कम र धेरै बढि सुत्नु दुबै स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्।
यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिम रहेको अध्ययनले देखाएको छ। बढि सुत्दा मुटुसम्बन्धी कार्डियोभास्कुलर डिजिज लाग्न सक्ने सम्भावना रहेको अध्ययन औँल्याएको छ।
जसबाट अकालमै ज्यान जानसक्ने सम्भावना रहेको जनाइएको छ। युरोपियन हर्ट जर्नलमा प्रकाशित रिपोर्टका अनुसार १ लाख भन्दाबढी मानिसमाथि सर्वेक्षण गरिएको थियो।
जसमा ३० देखि ७० बर्ष सम्ममा २१ देशका नागरिक सहभागी थिए। ८ घण्टा भन्दा बढि सुत्ने र ६ घण्टा भन्दा कम सुत्ने दुवै थरिका मानिसलाई यस्तो जोखिम रहेको अध्ययनको दाबी छ।