नागरिक पोष्ट News


होशियार ! राजधानीमा चोरको बिगबिगी: चोरको भेष बिभिन्न, मिनेटभरैमै यसरी घर,कोठा चोरी भइसक्छ

2.9K

काठमाडौं। बुधबार प्रहरी अपराध महाशाखा टेकुमा बाफलमा कोठाभाडामा बस्दै आएकी तनहुँकी रेश्मा गुरुङ आफ्नो कोठा चोरिएको भन्दै उजुरी गर्न आइन्। रेश्माका अनुसार उनको कोठा मंसिर २४ गते दिउँसो ११ बजे तिर चोरी भएको थियो। कोठामा रेश्मा र उनका श्रीमान् बस्दै आएका थिए। 

रेश्माले भनिन्, ‘श्रीमान् अफिस जानुभएको थियो। खाना खाइसकेर म पनि दिउँसो कपडा धुने साबुन किन्नका लागि नजिकैको पसल पुगेर आउँदा १० मिनेट जतिमा कोठामा चोरी भइसकेछ।’

‘कोठाबाट बाहिर निस्कने बेलामा एकै छिनमा आइहाल्छु भनेर ताल्चा नलगाइ निश्केकी थिएँ, पसल पुगेपछि साथीहरुसँग भेट भएकोले एक छिन कुराकानी गर्दा १० मिनेट जति समय लागेको थियो,’ रेश्माले भनिन्।  

ग्राउण्ड फ्लोरको कोठा भएकोले गेटबाट बाहिरका मान्छेहरु सजिलैसँग कोठासम्म जानसक्ने ठाउँ थियो। दश मिनेटमा फर्केर आउँदा उनको सुन र पैसा मात्र चोरिएको तर मोबाइल, ल्यापटप भने जहाँको त्यँही थियो। दराज खुल्लै रहेकोले गहना र पैसा चोरी भएको उनलाई थाहा त भइहाल्यो तर कसले चोर्यो भन्ने थाहा भएन। रेश्माले भनिन्, ‘अचम्मको चोर रैछ ल्यापटप र मोबाइल छाडेर गहना र पैसा मात्र लगेछ।’

राजधानीमा यस्ता चोरीका घटना दैनिक जसो हुने गरेका छन्। प्रहरी प्रवक्ता नरेन्द्र उप्रेती यस्ता चोरीको घटना कुनै नौलो नभएको बताउँछन्। चोरी गर्नेले कसैले मोबाइल ल्यापटप मात्र चोरी गर्ने र कसैले सुन र पैसा मात्र चोरी गर्ने गरेका घटना प्रहरीमा आउने गरेको उनले बताए। 

Must View