मानौँ तपाईं हिंसाको मुखैमा हुनुहुन्छ, उम्कने कसरी (भिडियोसहित) फल्स सरेन्डर' गर्न सक्नुहुन्छ।
महिलाहरू घरमा, अफिसमा, बाटोमा, सवारी साधनमा जताततै हिंसामा परेका छन्। हिंसा जहाँसुकै होस्, त्यसबाट जोगिन बुद्धि र बल दुबै जरूरी छ।
एकान्त ठाउँमा एक्ली महिलालाई कुनै पुरूषले जबर्जस्ती गर्न लाग्यो भने त्यो बेला ती महिला कसरी उम्कने? -'नजिक कोही छ भने चिच्याएर गुहार माग्ने,' - 'यो पहिलो उपाय हो।'
तर -'चिच्याउँदा आफ्नो बेइज्जती हुने र फस्ने डरले पुरूषले मुख थुनेर वा हानेर ज्यानै लिने सम्मको जोखिम पनि हुन्छ। अवस्था हेरेर गुहार माग्ने वा चिच्याउने उपाय एउटा भयो।'
गुहार दिने कोही पनि नभए?' सुनार आफैले प्रश्न गरे र उत्तर पनि आफै दिए 'दोस्रो उपाय भनेको बुद्धि विवेक लगाएर उम्कने।'
'यदी पुरूषले यौन दुर्व्यवहार र बलात्कार सम्मको प्रयासमा उत्रिएको हो भने तपाईंले उसका सामु 'फल्स सरेन्डर' गर्न सक्नुहुन्छ।'
'फल्स सरेन्डर' अर्थात -झुटो स्वीकारोक्ति।
कसरी सिकाइन्छ महिलाहरूलाई आत्मरक्षा तालिम? हिंसाबाट बच्न के के छन् उपाय? हिंसाबिरूद्धको महिला हिंसा रोक्ने उपाय, सीप र ज्ञान बाँड्दै जिल्ला जिल्लामा पुग्ने प्रशिक्षक गिरीबहादुर सुनारको तालिमका दृश्य कैद गर्न
डिसी नेपाल टिमको यो भिडियो हेर्नुस्ः
'तत्कालका लागि उसको प्रस्ताव स्वीकारेको नाटक गरेर आफू उम्कनका लागि समय लम्ब्याउने।'
हिंसाबाट जोगिन प्रतिवाद गर्दा यौन व्यभिचारीहरू झनै आक्रामक हुने र बलप्रयोगमा उत्रने हुँदा त्यो खतरा टार्नका लागि उसको प्रस्ताव स्वीकारेको जस्तो नाटक गरेर ठाउँ परिवर्तनको प्रस्ताव गर्न सकिन्छ।
जस्तो कि महिलाले भन्न सक्छिन्- चाहना त मलाई पनि छ, तर यहाँ हुँदैन अलि सुरक्षित ठाउँमा जाउँ। अनुकुलताको खोजी गरेजस्तो गरेर समय लम्ब्याउने अनेक उपाय हुन्छन्। हिंसा हुँदै गरेको ठाउँ, समय अनुसारका विधि र उपाय सोच्नु पर्छ।
जस्तो कि यहाँ हैन होटलमा जाउँ भनेर प्रस्ताव गर्न पनि सकिन्छ।
त्यसो गर्दा त्यो पुरूषलाई आक्रामक हुनबाट रोक्न सकिन्छ, अलमल्याउन सकिन्छ र आफू उम्कनका लागि अनुकूलता बढ्छ। त्यहीबीचमा गुहार दिन कोही आउन सक्छन् अथवा अर्को सुरक्षित ठाउँमा जाने क्रममा तपाईंले बच्नका लागि अरू उपायहरू पाउनुहुन्छ। उसले थाहा नपाउने गरि प्रहरी वा निकट मान्छेलाई आफू खतरामा रहेको फोन मार्फत वा म्यासेजबाट जानकारी दिन पनि सकिन्छ।
प्रतिवाद गर्न आफूसँग भएका हतियार चलाउने। जस्तो मोबाइल, कलम, चावी, काँइयो, नजिकैको ढुंगा वा जे छ त्यसलाई हतियारको रूपमा प्रयोग गर्ने। आफ्नो मुठ्ठीमा ती स-साना हतियार कसरी समाउने र प्रहार गर्ने विधि पनि सुनारले प्रयोग गरेर देखाए। पुरूषका संवेदनशील अंग ताकेर हान्ने।
News Source : Dcnepal.com