नागरिक पोष्ट News


लैंङ्गिक हिंसा र दुव्र्यवाहार, छैन हामीलाई स्विकार : हिंसा अन्त्य गर्न सामुहीक प्रयास जरुरी

3.7K

लैंङ्गिक हिंसा र दुव्र्यवाहार ः छैन हामीलाई स्विकार भन्ने नारासंगै लंैगिक हिंसा विरुद्धको दिबस को अवसरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले लैैंङ्गिक हिंसा अन्त्य गर्न जोड दिएका छन् ।

भक्तपुर प्रगतिशिल महिला समाजकोआयोजनामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसको अवसर पारेर शनिबार आयोजित लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महा प्रसाद पराजुलीले प्रगतिशिल महिला समाजद्धारा आयोजित यस्ता कार्यक्रमले नेतृत्व विकास र व्यत्तित्व विकासका लागि मात्रै नभएर सामाज रुपान्तरणका लागि पछिल्लो समयमा क्रियासिल रहेको बताउनु भयो । साथै लैंङ्गिक हिंसा अन्त्यका लागि एकल प्रयास ले मात्र संम्भव नहुने भएकोले सामुहीक प्रयासमा मात्र यो संम्भव भएको पराजुलीले बताउदै आफ्ना जीवनको भोगाईहरु उपस्थित माझ राख्नुभयो । 

हिंसा महिला,पुरुष र तेस्रोलिङ्गी सबैमा छ , हिंसा अन्त्यका लागि सबैसंगको सहकार्य आवश्यकता रहेको भक्तपुर प्रगतिशिल महिला समाजकी अध्यक्षले बताउनु भयो ।

कार्यक्रममा  नागरिक पोष्ट डटकमका कार्यक्रम सयोजक प्रताप राणा,वालिका सिवाकोटी,भक्तपुर शाखाको महिलाहरु शारदा रिजाल लगायतका बक्ताहरुले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि साझा प्रयासको आवश्यकता रहेको जोड दिएका थिए ।

कार्यक्रममा काठमाण्डौ प्रगतिशील महिला समाजको निवर्तमान अध्यक्ष कोपिला कुवँरले लैङ्गिक हिंसा आफ्नै घर तथा आफैबाट शुरु हुने भएकाले सबै भन्दा पहिला आफुनै यस कुरा प्रति विश्वशत हुनु पर्ने र ज्ञान हुनु पर्ने बताउदै कुनै कोठा, सेमिनार र र्याली बाट नभै जहाँ यसको समस्या छ त्यही गयर काम गर्न र चेतना दिलाउन सके पक्कै पनि लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताउदै घरबाटनै आफ्ना छोरा छारीलाई  शिक्षा दिइनु पर्ने बताउनु भयो ।  

Must View