नागरिक पोष्ट News


नेपाल र भारतबीच रहेको आशंकाको दृष्टिकोणलाई विश्वासमा बदल्नुपर्ने -निलाम्बर आर्चाय

2.6K

भारतका लागि  राजदूतमा प्रस्तावित निलाम्बर आर्चायले शदियौँदेखि चल्दै आएको नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ गर्न नेपाल र भारतबीच रहेको आशंकाको दृष्टिकोणलाई विश्वासमा बदल्नुपर्ने बताएका छन् । 

संसदीय सुनुवाई विशेष समिति बैठकमा  सांसदहरुले नेपाल र भारत छिमेकी मुलुक भएकोले नेपाल र भारतबीच सम्बन्ध अन्य मूलुककोभन्दा सुदृढ बनाउनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।  प्रस्तावित राजदूत   आचार्यले नेपाल–भारत  राजनीतिक सम्बन्ध र ऐतिहासिक पृष्ठभूमिबारे राम्रो जानकार भएको हुनुपर्ने बताउँदै आफू भारतका लागि नेपालका तर्फबाट राजदूतका लागि योग्य रहेको दावी गरे । 

आचार्यले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध नयाँ मोडमा छ र नेपालीको बोलि, व्यबहारबाट नै नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउन आबश्यक छ ।’ बैठकमा सांसदहरुले नेपाल र भारतबीच सम्बन्ध नाजुक बन्दै गएकोले नेपाल र भारतबीच नयाँ आयाममा रहेर सम्बन्ध स्थापित गर्न राजदूतले जोड दिनुपर्ने धारणा राखेका थिए । बैठकमा भारतले नेपालको सीमाना हडप्दै आइरहेको र लिपूलेक लगाएतका विषयमा कुराहरु उठेका थिए । 

यस विषयलाई लिएर प्रस्तावित राजदूत आचार्यले नेपाल र भारतबीच हिजोको भन्दा नयाँ उचाइबाट फरक ढंगबाट सम्बन्ध स्थापित गर्न आफू तत्पर रहनेमा जोड दिए ।  सांसद योगेश भट्टराईले आचार्य नेपालको लोकतान्त्रिक आन्दोलनको मर्म बुझेका अनुकरणीय र योग्य व्यक्तित्व भएकाले अबका दिनमा नेपाल भारतबीच सम्बन्ध थप सुमधुर हुनेमा विश्वास व्यक्त गरेका थिए । 

छिमेकी बदल्न नसके पनि छिमेकीको मनोवृति बदल्न राजदूतले समेत पहल गर्नसक्ने भट्टराईले जोड दिएका थिए । सांसद भट्टराईले नेपाल, चीन र भारत दुई शक्तिशाली राष्ट्रबीच सानो र संवेदनशील मुलुक रहेकोले भारतका लागि नेपाली राजदूतको भूमिका अन्य मुलुक नेपाली राजदूतको भन्दा फरक भूमिका हुनुपर्नेमा जोड दिए । 

आचार्यले भारतका सम्बन्धमा नेपाल र नेपालीले आशंकाको धारमा उभिनुभन्दा पनि भारतसँग विश्वास निमार्ण गरी खुल्ला भावनाको विकास गरेर अगाडी बढ्नुपर्ने बताए । नेपाल र भारतबीच अविश्वास र आशंकाको धार मेटाउन पहल गर्ने आचार्यको धारणा निकै महत्वपूर्ण भएको सांसदहरुले टिप्पणी गरेका थिए । सांसद पार्वत गुरुङले भारतले नेपालको इपीजी (इमिनेट पर्सनल ग्रुप) प्रतिवेदनलाई अस्वीकार गरेकोले भारतले नेपालप्रति गरेको अविश्वासलाई विश्वासमा बदल्न राजदूतले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

आचार्यले इपीजीको प्रतिवेदनमा भारतले स्वीकार गर्ने वातावरण ल्याउन स्वीकार गर्ने र सरकारले पनि त्यस विषयमा जोड दिनुपर्ने बताए ।  अर्का सांसद भिमसेनदास प्रधानले भारतका विषयमा जानकार व्यक्ति राजदूत बन्न लागेको भन्दै भारतसँगको सम्बन्धलाई चिरफार गरेर अगायिड बढ्नुपर्ने बताए । 

बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै वर्तमान सन्दर्भमा आफू भारतका लागि योग्य राजदूत हुनसक्ने भन्दै भारत र नेपालको सम्बन्ध वर्तमान अवस्थामा विशेष रहेको बताए । उनले परिपक्क र सर्वस्वीकार्य व्यक्ति भएकाले आफूलाई राजदूतमा प्रस्ताव गरिएको भन्दै उनले नेपालको हितलाई सर्वोपरि राखेर काम गर्ने बताए । उनले आफ्नो उमेरले काममा कुनै बाधासमेत नपार्ने बताए । आगामी ४ वर्षका लागि राजदूतमा प्रस्ताव गरिएका आचार्यको उमेर हाल ७५ वर्ष पुगिसकेको छ । सांसदहरुले उमेरको विषयमा पनि जिज्ञासा राखेका थिए । 

Must View