Count me,Include me भन्ने मूल नारा सहित २७ औं अन्तरास्ट्रिय अपाङ्ग दिवस भव्यतापूर्वक
Count me,Include me भन्ने मूल नारा सहित 5 December 2018 अपाङ्गता विशेष व्यक्ति सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम मा राष्ट्रिय अपाङ्ग दिवस राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रले वरिष्ठ समाजसेवीहरु दुर्गा मान शाक्य,राजेश्वरी श्रेष्ठ,इन्दिरा घले,जय प्रकाश श्रेष्ठ ,राजेश श्रेष्ठ, अधिवक्ता प्रकाश बस्नेत रोहित राणा,पत्रकार भरत राज उप्रेती लगायत धेरै सहयोगी मनहरुलाई सम्मान गरेको थियो ।
२७औं अन्तरास्ट्रिय अपाङ्ग दिवस, काठमाडौंमा भव्यतापूर्वक मनाइयो (फोटो फिचर सहित)“Count me, include me” नाराका साथ २७ औं अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता विशेष व्यक्ति सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलले समावेशीता र सहअस्तित्व अनुसार अपाङ्गता भएकाहरूलाई गणना गर्न र सहभागिता गराउन माग गरेका छन । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सरकारले हाम्रो मन्त्रालयले अपाङ्ग भएका व्यक्तिलाई करारमा कर्मचारी नियुक्त गर्न र सरकारमा छलफल गर्ने बचन दिए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले समाजमा अपाङ्गहरूको पुनर्स्थापना हुनु पर्ने भन्दै निलकण्ठ पौडेलको खुलेर प्रशंसा गरे ।
Count me,Include me अपाङ्गता भएकालाई बाहिर राखेर संवृद्ध नेपाल बन्दैन : निलकण्ठ पौडेल
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, २० जना अपाङ्ग विवाहित जोडीलाई सम्मान पत्र सहित सम्मान भएका छन । साथै बैसाखी, सेतो छडी ह्विल चियर वितरण गरिएको थियो भने २०० जना अपांगहरुको उपस्थिति रहेको थियो।