नागरिक पोष्ट News


पशुपतिको कैलाशमा : बालाचतुर्दृशीका दिन नमुना प्रगतिशिल महिला समाजको सहयोग

2.8K

नमुना प्रगतिशिल महिला समाज कलकीले बालाचतुर्दृशीका दिन पशुपतिमा शतबिज छर्ने कार्यक्रममा पाल्नु हुने भक्तजनहरुको लागि कैलाह पर्वतमा पाल टेन्ट राखी सहयोग गरेको थियो ।

यस सस्था विशुद्ध सामाजिक भावानाले प्रेरित भई कार्य गर्ने  २०६३÷०६४ मा स्थापना भएको र यसले समाजसेवी कार्यकर्ताको समन्वयमा जिल्ला शाखा विस्तार र सामाजिक निर्माणहरुको क्रियाकलाप संस्थाबाट भएका छन् ।यस संस्थाले विभिन्न सरकारी क्षेत्रका निकाय, समन्वय र सहकार्य गदै नेपालीहरुको जीवन शैली आय आर्जन स्थितिलाई मनन गरि दिदीवहिनीहरुलाई सीपमुलक कार्यमा संलग्न गराई आय आर्जनको दायरालाई फराकिलो वनाउदै आएको सस्थाको अध्यक्ष कोपिला कुवरले बतायनु भयो ।

त्यस्तै सस्थाले एकल तथा सामुदायिक महिलाहरुका लागि महिला सशक्तिकरण सीपमुलक तालिम, विद्यालय स्तरीय जनचेतना मूलक कार्यक्रम लगायतका सामुदायिक र समाज सेवा विकास लगायतका कार्यक्रमहरु संस्थाले सञ्चालन गर्दै आएको जानकारी पनि उहाले दिनु भयो । त्यस्तै गरी सस्थाले नेपाली कला धार्मिक स्थल मठ मन्दिर र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले विगतको झैं यस वर्ष पनि नेपाली संस्कृति परम्परा रितीरिवाज तथा मुल्य र मान्यताहरुको जर्गेना गर्ने उद्देश्यले करिब ५०० भन्दा बढी भक्तजनहरुलाई सेवा गर्ने  उमद्देश्यले कैलाश पवर्तमा पाल राखेको वताउदै सस्थाको उपाध्यक्षले यस्तो कार्य पशुपति क्षेत्र भित्र देखिएको अस्तव्यस्त व्यापार देखी भक्तजनहरुको लागि दिप प्रज्वलनको समयमा आयको समस्याहरु जस्तै शौचालयको व्वस्था नभइको दिप सेलाउन जादा देखिएको समस्या हरु प्रति सम्बन्धीत निकाय नै चुप बसेको गुनासो गर्नु भयो ।

उहाले अकाृै वर्ष यस्तो नहोस र व्यवस्थति गर्न पशुपति विकास कोष लगायत का निकायलाई यसै मार्फत जानकारी समेत दिनुभयो ।  वास्तबमै पशुपति विकास कोषले यस बारे गम्भीर भयर सोच्नुनै पर्छ ।   

Must View