नागरिक पोष्ट News


२७औं अन्तरास्ट्रिय अपाङ्ग दिवस, काठमाडौंमा भव्यतापूर्वक यसरी मनाइयो (फोटो फिचर सहित)

3.5K

Count me,Include me भन्ने मूल नारा सहित विशेष कार्यक्रम साथ काठमाडौंमा राष्ट्रिय अपाङ्ग दिवस राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र ले २०७५ मंसीर १९ गतेका दिन   (5 December 2018) भव्यताका साथ मनायो । 

लोकतन्त्र ल्याउने, संविधान बनाउन भूमिका खेल्ने हामी तर हामीलाई नै बाहिर राखेर सरकारले संवृद्धिको कुरा गरिरहेको भन्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलले असन्तुष्टि पोखेका छन । 

२७औं अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता विशेष व्यक्ति सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम काठमाडौँमा  बोल्दै पौडेलले समावेशीता र सहअस्तित्व अनुसार अपाङ्गता भएकाहरूलाई गणना गर्न र सहभागिता गराउन माग गरेका छन ।

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले हाम्रो मन्त्रालयले अपाङ्ग भएका व्यक्तिलाई करारमा कर्मचारी नियुक्त गर्न र सरकारमा छलफल गर्ने बचन दिए । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले  समाजमा अपाङ्गहरूको पुनर्स्थापना हुनु पर्ने भन्दै निलकण्ठ पौडेलको खुलेर प्रशंसा गरे ।  कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, अपाङ्ग(साङ्ग विवाहित ज्ञघ जोडीलाई सम्मान पत्र सहित सम्मान भएका छन । साथै वरिष्ठ समाजसेवीहरु दुर्गा मान शाक्य,राजेश्वरी श्रेष्ठ ,इन्दिरा घले ,जय प्रकाश श्रेष्ठ ,राजेश श्रेष्ठ ,प्रकाश बस्नेत लगायत धेरै समाजसेवीहरु सम्मानित हुनुको साथै विभिन्न आवश्यक सामाग्रीहरु वितरण गर्नुभएको थियो । १० जोर बैसाखी र अन्य समाजसेवीहरुले १० जोड गरि जम्मा २० थान बैशाखी , केही ओटा सेतो छडी केही थान ह्विल चियर वितरण गरिएको थियो। भने सस्थाको अध्यक्ष निलकण्ठ पौडेलको कामको प्रशंशा गर्दै इन्टरनेश्नल मिडिया हवलाई सम्मान गरिएको थियो र। 

 

“Count me, include me”  नाराका साथ २७औं अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता विशेष व्यक्ति सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम काठमाडौँमा बोल्दै पौडेलले समावेशीता र सहअस्तित्व अनुसार अपाङ्गता भएकाहरूलाई गणना गर्न र सहभागिता गराउन माग गरेका छन । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले हाम्रो मन्त्रालयले अपाङ्ग भएका व्यक्तिलाई करारमा कर्मचारी नियुक्त गर्न र सरकारमा छलफल गर्ने बचन दिए ।

 

Must View