नागरिक पोष्ट News


टुँडिखेलमा स्वस्तिमा नाच्ने, सुगमले गाउने

2K

 

मंसिर १६, २०७५

काठमाडौं- मंसिर २२ गते अर्थात आउँदो शनिबार काठमाडौ टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा २ दर्जन बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । 

 

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवँर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् । उनीहरुसंगै २ दर्जनबढी कलाकारको उपस्थिती रहने उक्त कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजेसम्म हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान छ ।

Must View