नागरिक पोष्ट News


मंसिर २३ गतेबाट लगानीकर्ताले पनि अनलाइन कारोबार गर्न पाउने

2.7K

काठमाडौं । सेयर लगानीकर्ताले २०७५ मंसिर  २३ गतेदेखि अनलाइन सेयर कारोबारको सुविधा पाउने भएका छन् । कात्तिक २० देखि अनलाइन सेयर कारोबार सुरू भए पनि लगानीकर्ताले ब्रोकर कार्यालयमार्फत् कारोबार गर्दै आएका थिए । नयाँ प्रणाली भएकाले ब्रोकर कार्यालयलाई अभ्यस्त गराएपछि मात्रै लगानीकर्तालाई यो सुविधा दिइन लागेको हो । अहिले नेप्सेले अनलाइन कारोबारबारे लगानीकर्तालाई दैनिक तालिम दिइरहेको छ । बिहीबारसम्म दिउँसो ३ र शुक्रबार १२ बजे नेप्सेमा गई लगानीकर्ताले तालिम लिन सक्छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले तालिम दिइसकेपछि २३ गतेदेखि लगानीकर्तालाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिने जानकारी दिए । बजार बन्द भएका बेला लगानीकर्तालाई भिडियो देखाएर तालिम दिने काम नेप्सेले गर्दै आएको छ । पराजुलीका अनुसार ५०–५० जनाको समूहलाई प्रत्येक दिन तालिम दिइँदै आएको छ । 

अनलाइनबाट सेयर कारोबार गर्न लगानीकर्ताले सबैभन्दा पहिले ब्रोकर कार्यालयमा ‘केवाइसी अपडेट’ गराउनुपर्नेछ । केवाइसी अपडेट गराएपछि लगानीकर्तालाई दिइएको लिंकमार्फत् आफ्नो किनबेचको आदेश आफैंले पोष्ट गर्न सक्नेछन् । बीचैमा आदेश रद्द गर्न वा परिवर्तन गर्न पनि सकिनेछ ।

Must View