नागरिक पोष्ट News


पर्सामा मुखमा पैसा अड्किएर दुई वर्षीय बालकको मृत्यु, बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ? ज

2.5K

पर्सा । वीरगञ्ज महानगरपलिका–३० प्रसुतीपुर बस्ने रबिन्द्रराय यादवको २ वर्षीय छोरा शिवकुमार यादवको सिक्का पैसा मुखमा अड्किएर मृत्यु भएको छ ।

शनिबार बिहान खेल्ने क्रममा घाँटीमा सिक्का अड्किएर अशक्त भएका शिवकुमारको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ? जानी राख्नुहोस्

काठमाडौँ : उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ ।

खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो्धारितो बस्तु भएमा तुरुन्त निकाल्नुपर्ने हुन्छ ।

तर सिक्का आन्द्रामा पुगिसकेको भए जोखिम कम हुँदै जान्छ । सबैभन्दा खतरा भनेको बालबालिकाले ब्याट्रीहरू निल्नु हो । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने हुनसक्छ । ब्याट्री निलेमा सकेसम्म ४ घण्टाभित्र निकाल्ने प्रयास गर्नुपर्छ ।

कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छ । त्यसको सामान्य असरस्वरुप बान्ता हुनसक्छ । तर अन्य असर नदेखिने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पुर्‍याउनुपर्छ ।

 

Must View