नागरिक पोष्ट News


मनमैजुको लोकतान्त्रिक चोकमा गाडी चढ्नका लागि लाइन तर कहिले सम्म ?

2.8K

काठमाडौं । तारकेश्वर नगरपालिकाको मुख्य क्षेत्र भनेर चिनिने मनमैजुको लोकतान्त्रिक चोकमा गाडी चढ्नका लागि लाइन बस्नुपर्ने अवस्था छ । २–३ सयको लाइनमा बसेर अफिस जान बाध्य भएका यात्रुहरु सभ्य तरिकाले लाइनमा बसेका देखिन्छन् । सरकारी कर्मचारीदेखि विद्यार्थीसम्म सबैले लाइन बसेका दृश्य देख्न सकिन्छ ।

एक सरकारी कर्मचारीकाअनुसार गाडी चढ्नकै लागि भनेर ८ बजे नै यहाँ आएर बस्नुपरेको छ । कतिबेला गाडी आउने हो भन्ने कुनै निश्चित छैन 

१० बजे कार्यालय पुग्नका लागि ८ बजे नै लोकतान्त्रिक चोकमा आएर लाइन बस्न बाध्य छन् मनमैजु बासीहरु । एक यात्रीकाअनुसार यो समस्या कहिले हल हुने हो सरोकारवालाहरुसँग धेरैपटक यहाँ ठूलो बस सञ्चालन गर्नुप¥यो भन्दा हुन्छ भन्ने तर साना माइक्रोको सिन्डिकेट जस्तै बनेको छ लोकतान्त्रिक चोक । उनीहरुलाई इच्छा लागे आउने नत्र गोंगवुचोकबाटै मान्छे लिएर जान्छन् । झन् साँझ त मनमैजुमा आउनै मान्दैनन् धेरैजसो माइक्रोहरु ।

लामो समय भइसक्यो यस क्षेत्रका यात्रुहरु लाइन बसेर गाडी चढ्न थालेको । एक विद्यार्थी जानुकाका अनुसार सु्रुमा केही समय लाइन बस्न अप्ठ्यारोृ लागेपनि अहिले हामीलाई लाइन बस्न कुनै अप्ठ्यारो लाग्दैन । घरमा मामुले चाँडै खाना पकाइदिनु हुन्छ । कलेज जानका लागि लाइन बस्नुपर्ने भएको हुँदा ।

यस विषयमा तारकेश्वर नगरपालिकाले स्थानीय वडा कार्यालयहरु र जनसरोकार राख्ने पक्षहरु मिलेर यस समस्यालाई हल गर्न नसक्दा काठमाडौंमै गाडी चढ्न लाइन बस्नुपर्ने अवस्थाले हाम्रो देश आज कति पछाडी भन्ने दृश्य देखाइरहेको छ । यस विषयमा स्थानीय निकायले तुरुन्त हल गरोस भन्ने जनमानसको विषय बन्दै आएको छ ।

Source : farakpatra .com

Must View