जाडोको लागि यसरी घरमै बनाउनुहोस् क्वाँटी सुप
![](uploads/feature/2297.jpg)
क्वाँटी नौ प्रकारका गेडागुडिलाई मिसाएर बनाइएको मिश्रण हो। भदौ महिनाको जनै पूणिमाको दिन क्वाँटी खाने चलन रहेको छ । क्वाँटीको सुप जाडो महिनाको लागि पनि राम्रो हुने गरेको छ । सुपले जोडोमा शरीरको तापमान सन्तुलन राख्छ । पाचन यन्त्रलाई सहज बनाउन्छ । अर्को कुरा त के भने, जाडो याममा हामीलाई भोक लागिरहन्छ ।
के चाहिन्छ ?
डेढ कप टुसाएको गेडागुडी, दुई चिया चम्चा पिसेको अदुवा र लसुन, दुई वटा हरियो खुर्सानी, एक मुठा धनियाँ, दुई चिया चम्चा तोरिको तेल, एक चिया चम्चा ज्वानो ।
अधा चिया चम्चा जिरा र धनियाँको धुलो, एक वटा प्याज, गोलभेडा, आधा चिया चम्चा बेसार, स्वाद अनुसारको नुन ।
कसरी बनाउने ?
पहिला प्रेसर कुकरमा तेल तताउनुहोस् । त्यसमा पहिला ज्वानो फुराउनुस र पिसेको अदुवा र लसुन राखेर भुट्नुहास् ।
त्यसपछि काटेको प्याज र गेडागुडी राख्नुहोस् । त्यसलाई पूर्ण रुपमा भुटेपछि सम्पूर्ण मसला र पानी राखिदिनुहोस् । पानी उम्लन थालेपछि प्रेसरको धक्कन लगाइदिनुस् ।
ढकन लगाइसकेपछि मन्द आगोमा पाक्न दिनुपर्छ । तीन वा चार सिठी लागेपछि त्यसलाई निकाल्नुहोस् र धनीयाँ राख्नुहोस् ।
क्वाँटीमा खसिको मासको मिश्रण गराएर पनि सेवन गर्न सकिन्छ । यस्तो सुप स्वास्थ्यको लागि पनि अति उपयोगी हुन्छ ।