नागरिक पोष्ट News


हार्दिक निमन्त्रणा ! अपाङ्गता विशेष व्यक्ति सम्मान कार्यक्रम मंसिर १९ गते बुधबार

5.7K

"अन्तराष्ट्रिय अपाङ्ग दिवस"को अवसरमा 5 December 2018 अर्थात् यही मंसिर १९ गते बुधबार  अपाङ्गता विशेष व्यक्ति सम्मान कार्यक्रम हुने भएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यता, माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, माननीय पर्यटनमन्त्री रविन्द्र अधिकारी, कामपाका मेयर आदरणीय विद्या सुन्दर शाक्य, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेता जगदीश नरसिंह केसी, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नेता हृदयश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, आम नेपाली पार्टीका नेता दिगम्बर झा, पत्रकार किसोर नेपाल लगायतको विशेष  उपस्थिती रहने छ ।  

अपाङ्गता विशेष व्यक्ति सम्मान ( सहयोगी व्यक्ति र संस्था पनि सम्मानित हुने ) तथा अपाङ्गता सहायक सामग्री ( ह्विल चियर, बैशाखी र सेतो छडी ) वितरण एवं अन्तरक्रिया कार्यक्रम निम्न मिति र स्थानमा सु-सम्पन्न हुन गइरहेकोले तपाईको र तपाईको संस्थाको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति:- २०७५\०८\१९ गते बुधबार समय:- दिनको १२:३० बजे ठिक समय स्थान :- नेपाल पर्यटन बोर्डको सभा हल भृकुटीमण्डप काठमाडौँ #आयोजक:- ☺राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र ☺Mr and Miss Nepal for disability ☺अपाङ्ग मैत्री नेपाल

Must View