नागरिक पोष्ट News


सुपरहिट चलचित्र ‘शत्रु गते’ अब युट्युबमा (भिडियो)

3.6K

सुपरहिट चलचित्र ‘शत्रु गते’को सानो अंश युट्युबमा सार्वजनिक गरिएको छ । लामो समयपछि यस फिल्मलाई युट्युबमा सार्वजनिक गरिएको हो ।

हुन त पूरा चलचित्र शुक्रबार नै ‘आइफिल्क्स’ एप्लिेकसनमार्फत सार्वजनिक गरिसकेको छ भने युट्युबमा भने पूरै चलचित्र आइसकेको छैन । शत्रुगतेको सानो अंश जुन १५ मिनेट १६ सेकेण्डको रहेको छ

प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रले गतवर्ष एकदमै राम्रो ब्यापार गरेको थियो । किरण केसीको प्रस्तुतीमा महसञ्चारले निर्माण गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेश रञ्नन झा लगायतका कलाकारहरूको अभिनय छ ।

 

Must View