नागरिक पोष्ट News


छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापनाको तयारी

3.7K

मंसिर ३, २०७५ललितपुर —

नेकपाका अध्यक्ष पुष्पकमाल दाहालले छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए।  सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटरमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले प्रतिष्ठान स्थापनाको तयारी भइरहेको जानकारी दिएका हुन्। प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रहरुमा काम गर्ने बताए।स्मृतिसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका थिए।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधान मन्त्री ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मारिका विमोचन गरेका थिए।स्मृति सभामा कांग्रेस सभापति शेरबहादुर देउवा,नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डल महन्थ ठाकूर,राप्रपाका अध्यक्ष कमल थापा लगायत नागरिकहरुको ठुलो सख्यामा उपस्थीति हुनुको साथै नमुना प्रगतिशील महिला समाजको अध्यक्ष कोपिला कुँवर लगायतले श्रदाञ्जली अर्पण गरेका थिए।

प्रकाश दाहालको गत वर्ष मंसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो।

 

Must View