कर्नालीको विकासका लागि कृषि पर्यटनमा प्रविधिको प्रयोग आवश्यक- महेन्द्र बहादुर शाही
- भरत उप्रेती
महेन्द्र बहादुर शाही कर्नाली क्षेत्रको आशलाग्दा राजनेताको रुपमा उभिएका छन् । शाहीले कर्नाली प्रदेशको मुख्यमन्त्री जिम्मेवारी पाउँदा सारा कर्नालीबासी खुशी छन् । शाहीसँग कर्नालीको आर्थिक समृद्धिको ठोस खाँका छ । अहिले कर्नालीको विकासलाई कृषि, पर्यटन र प्रविधिसँग जोड्ने बृहत कार्ययोजनामा मुख्यमन्त्री शाही लागि परेका छन् । यही कुरालाई प्रयोगमा ल्याउन उहाँ व्यापक छलफल र परामर्शमा व्यस्त देखिन्छन् । कृषि पर्यटनको विकासमा उहाँको मुख्य जोड छ । परम्परागत कृषिलाई आधुनिकीकरण गर्ने योजना मुख्यमन्त्री शाहीको छ । मौरी पालन अर्थात मौरी व्यवसायिकरणका लागि उहाँले विज्ञहरुसँगको परामर्श र छलफललाई अगाडी बढाएका छन् ।
सोही क्रममा मिति २०७५ कार्तिक २४ गते बिहानै मुख्यमन्त्री महेन्द्रबहादुर शाही मौरी उत्पादनको व्यवसायिक उत्पादन बारेमा ललितपुर धापाखेलस्थित बि कन्र्सन मौरी फार्मको अवलोकन भ्रमणमा पुग्नुभयो । त्यहाँ झण्डै २ घण्टा उहाँले मौरी विज्ञहरुहरुको परामर्श र छलफलमा बिताए । बि कन्र्सन मौरी फार्मको अवलोकनबाट पश्चात मुख्यमन्त्री शाहीले कर्नालीमा मौरी पालन व्यवसायलाई एक घर एक घारबाट १० घारको कार्ययोजना सरकारको रहेको छलफलमा बताउनुभयो ।
उहाँले सरकारले मौरी पालन व्यवसायको कृषि क्रान्तिकै रुपमा कर्नालीमा अगाडी बढाउने आफ्नो योजना रहेको समेत बताए र सो योजनामा व्यवसायिक रुपमै सहयोग पुर्याउन व्यवसायी र विज्ञहरुसँग आग्रह समेत गरे ।
छलकपट हैन व्यवसायिक रुपमा भिजन र योजना सहित आउने कृषि पर्यटन र प्रविधिमा कर्नाली प्रदेश सरकारले सहकार्य गर्ने बताउदै एक घर दश मौरीको घार अभियान कर्नाली प्रदेश सरकारको रहेको बताउदै आगामी वर्षभित्रै यसले मुर्त रुप पाउने मुख्यमन्त्री शाहीले दाबी गरे ।
साँच्चै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको यो भिजन मिसन र कार्यशैलैले कर्नाली प्रदेशको आर्थिक समृद्धि हुनेमा कुनै शंका छैन । मुख्यमन्त्रीको कृषि पर्यटन र प्रविधि प्रयोगतर्फको यो लगनशीलता र अग्रसरताले सामाजिक र आर्थिक स्तर उकास्नेमा दुइमतै छैन । हातमा हातेमाले गरौ । विकासका लागि राजनीति गरौ । समृद्ध नेपालका लागि समृद्ध कर्नालीको अभियानलाई हामी सबैले साथ दिऔं ।