नागरिक पोष्ट News


​​​​​​​आन्तरिक पर्यटकका लागि मुस्ताङ रोजाइ, मुस्ताङ जोमसोम यात्राको अबस्था - भिडियोसहित

3.6K

आन्तरिक पर्यटकका लागि मुस्ताङ रोजाइमा पर्यो । तर बेनी-जोमसोम सडकको डरलाग्दो यात्रा जो कोहीले सजिलै बिर्सन हम्मे पर्छ । कारण- जिउ कँपाउने खतरनाक सडक ।  डरलाग्दा भीर काटेर बनेका साँघुरा सडक, तल सुसाउने खोला र खोँच, बेनी देखि जोमसोम सम्मको दृश्य यस्तै छ । काली गण्डकी किनारै किनार रहेको कच्ची सडकको अधिकांश भाग अक्करे भीर चिरेर बनेको छ । 

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने यो सडकमा मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीको घुँइचो देखिन्छ । विदेशी पर्यटकको उत्तिकै उपस्थिति छ भने मोटरसाइकलमा पुग्ने युवा पुस्ताको सङ्ख्या बर्ष दर बर्ष बढ्दो छ ।

यो पहिलो भिडियो शृङ्खलामा मुस्ताङ पुग्ने सडकका जोखिम र रोमाञ्चक सडक दृश्य प्रस्तुत छ ।

साहसिक पदयात्राका लागि कहलिएको मुस्ताङ क्षेत्र पछिल्ला वर्ष साइकल एवं मोटरसाइकलको साहसिक यात्राका लागि झनै आकर्षक गन्तव्य बनेको छ । उपल्लो मुस्ताङको कोरला नाकासम्म सडक सञ्जाल जोडिए पछि यहाँ आउने पर्यटकको सङ्ख्या निकै बढेको छ ।

- डिसी नेपाल

Must View