नागरिक पोष्ट News


काग तिहारः यस्तो छ कागको महिमा

2K

काक्..काक्...। एकाबिहानै काग करायो भने गाउँघरतिर भन्ने गरिन्छ, शुभ बोल्...शुभ बोल्।

देख्दा कालो यो चरो चतुरको पर्यायबाची त हो नै, पर्यावरणीय सन्तुलनका लागि पनि महत्वपूर्ण छ।

यसले सिनो र सडेगलेका फोहोर खाएर वातावरण स्वच्छ राख्छ। त्यसैले प्रकृतिलाई स्वच्छ बनाउन गिद्धको भन्दा पनि कागको वढी भूमिका रहेको विज्ञहरु बताउँछन्। यो खबर  कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

नेपालमा तीन प्रजातिका काग पाइन्छन्–राज काग, घर काग र कालो काग। विज्ञहरुका अनुसार राज काग ३५ सयदेखि पाँच हजार मिटरमाथिको क्षेत्रमा पाइन्छ। यो कालो र ठूलो आकारको हुन्छ।

घर काग शहरी क्षेत्र र मानवबस्ती आसपास भेटिन्छ। यो तराईदेखि दुई हजार मिटर उचाईसम्म बस्छ। यसको घाँटी खैरो र खरानी रंङको हुन्छ।

कालो काग वन क्षेत्रमा पाइन्छ। यो तराईदेखि पाँच हजार मिटर उचाईसम्म भेटिन्छ।

गिद्धजस्तो संकटमै नपरे पनि सुरक्षित बासस्थान र आहारको कमीले काग संरक्षणमा चुनौती थपिँदै गएको विज्ञहरुले बताएका छन्।

Must View