नागरिक पोष्ट News


बुढ्यौलीको बिर्सने रोग : डिमेन्सिया अर्थात अल्जाइमरको उपचार यसरी सम्भव छ

3K

डिमेन्सियाका बिरामीहरुको संख्या विश्वभर दिनप्रतिदिन बढिरहेको छ। यो बिर्सने रोगको हालसम्म उपचार त छैन। तर पछिल्ला अनुसन्धानहरुले यो रोग लाग्ने सम्भावना कम गराउन सकिने देखाएका छन्।

दिमाग स्वस्थ राख्न निम्न कुरा अनिवार्य छ :

निद्रा पुर्‍याएर सुत्नु आवश्यक पर्दा सुन्ने साधन पनि प्रयोग गर्नु टाउकोमा चोट लाग्न नदिनु नियमित रुपमा सामाजिक अन्तक्रिर्यामा भाग लिनु

वृद्ध हुने विषय अपरिहार्य हो, यसलाई नकार्न सकिदैंन। तर वैज्ञानिकहरु भन्छन्, ‘कम्तीमा जीवनशैली परिवर्तनले उमेर परिवर्तनबाट हुने समस्या कम गर्न सकिन्छ। जति कम उमेरमा स्वस्थ जीवनशैली अपनाउन सकिन्छ, उति नै भविष्य सुरक्षित गर्न सकिन्छ।’

अल्जाइमर एशोसियसनका डा. किथ भार्गो भन्छन्, ‘विगत २–३ वर्षमा गरिएका अनुसन्धानले के देखाउँछन् भने स्वास्थ्यमा आउने खतरालाई जीवनको मध्यसमय देखि नै ध्यान दिनुपर्छ।’

४४ देखि ६६ वर्ष उमेरबीचका मानिसहरुमा गरिएको अनुसन्धानअनुसार जुन व्यक्तिमा जीवनको मध्यसमयमा उच्चरक्तचाप थियो, तिनीहरुमा डिमेन्सिया हुने सम्भावना ४० प्रतिशतले बढी रहेको पाइएको थियो।

अर्को अध्ययनअनुसार अमेरिकामा हरेक वर्ष उच्च रक्तचापका कारण ४ लाख २५ हजारभन्दा बढी अल्जाइमरका समस्या आउने गरेको छ। 

तर अर्का न्यूरोलोजिष्ट डा डग्लस स्कार भने जति उमेर भएपनि स्वास्थ्यमा ख्याल राख्नैपर्ने बताउछन्। 

विश्व स्वास्थ्य संगठनको एक अनुमानअनुसार विश्वमा हरेक वर्ष डिमेन्सियाका बिरामी बढ्ने क्रममा सन् २०३० सम्ममा ८ करोड २० लाख पुग्नेछन्। अमेरिकामामात्रै १ करोड ४० लाख अल्जाइमर्सका बिरामी छन्, जुन डिमेन्सियाको प्रमुख कारण हो। सन् २०५० सम्ममा यो संख्या दोब्बर हने अनुमान गरिएको छ। 

डिमेन्सियाले सोच्ने क्षमतामा बिस्तारै कमी ल्याउँछ। यसले स्मरणशक्ति, मूड, भाषा र मष्तिष्कले गर्ने अन्य कार्यमा कमी ल्याउँछ।

डिमेन्सिया लागेको मानिसलाई पूर्ण रुपमा अरुको साथ चाहिन्छ। अल्जाइमर स्ट्रोकको पनि कारण हो र यसले रक्त धमनीमा क्षति पुर्‍याउँछ, जसलाई भास्कुलर डिमेन्सिया भनिन्छ। 

त्यसैले उच्च रक्तचाप नियन्त्रण गर्नुका अतिरिक्त कोेलेस्टेरोल र डाइबिटिजलाई पनि सही राख्ने हो भने डिमेन्सियाबाट हुने खतरा कम गर्न सकिन्छ।

डिसेम्बरमा गरिएको अध्ययनले टाइप टु डाइबिटिजले दिमागमा असर गर्ने र स्मरशक्तिलगायतका अन्य कार्यमा खतरा पुर्‍याउने देखिएको थियो। यस्तै, कोलेस्टेरोलले यस्तो प्रोटिन उत्पादनमा सहयोग गर्छ, जसले अल्जाइमर रोग विकास गर्नमा प्रमुख भूमिका खेल्छ। 

क्लिभल्याण्ड क्लिनिका न्यूरोलोजिस्ट डा लु रुभो भन्छन्, रक्तचाप, कोलेस्टेरोल र मधुमेहलाई नियन्त्रण गर्ने हो भने डिमेन्सियाको खतरालाई कम गर्न सकिन्छ।

 

Must View