नागरिक पोष्ट News


राती ८, ९ वा १० बजे खाना खानुहुन्छ ? कोलेस्ट्रोल, मुटु रोग, मोटोपनको समस्यै समस्या हुन्छ

3.9K

अहिले हामी ‘डिनर’मा अभ्यस्त छौं । डिनर अर्थात रातको खाना । यो पनि भव्य हुनुपर्छ । संभव भए, माछामासु होस् । वाइन होस् । यस्तो गरिष्ठ भोजन गर्ने संस्कार हुर्कदैछ । आधुनिकताको नाममा हामी यसको नक्कल गरिरहेका छौं । साँझ सूर्य अस्ताइसकेपछि गरिने भोजनले शरीरमा पोषण होइन, विष पैदा गर्छ ।

मोटोपन

राती अबेर खाएको खानालाई  पाचन यन्त्रले पचाउनका लागि समस्या हुन्छ । जसको कारण शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले मुटु रोगको खतरालाई पनि बढाएर लान्छ । शरीरमा तौल बढ्ने मुख्य कारण अबेर गरिने भोजन हो । ढिलो सुत्दा पनि मोटोपनको समस्या हुन्छ ।

तनाव

खान ढिला गर्दा निद्रा पनि समस्या हुन थाल्छ । जसले बिहानदेखि वेलुकीसम्म थकाईको अनुभुति गराउँछ । जसले तनाव निम्त्याउँछ । त्यसैले, तनावमुक्त जिन्दगी चाहने भने बुलुकीको खाना छिटो खाने र सुत्ने बानी बसाउन जरुरी हुन्छ ।

उच्च रक्तचाप

खाना खाएपछि काम नगर्दा शरिरले खानालाई राम्रोसँग पचाउन सक्दैन । जसको कारण उच्च रक्तचापको समस्या सृजना हुन जान्छ ।

मधुमेह

ढिला खाएको खााले मधुमेहको समस्या पनि निम्त्याउँछ । प्रायले खानापछि गुलियो खान्छन् । जसको कारण पनि रगतमा चिनीको मात्रा बढ्न थाल्छ । जुन अस्वस्थताको कारण बन्छ ।

अपच

कतिपय मानिसमा अपचको समस्या हुन्छ । त्यस्ता मानिसले त अझ कहिल्यै पनि ढिलो डिनर गर्नु हुँदैन । किनकी ढिलो डिरन गर्ने बानीले समस्यलाई थप बढाएर लैजान्छ ।

छटपटी

यदि तपाई राम्रोसँग पुरा निद्रा सुत्न पाउनुभएको छैन भने त्यसको असर शारिरिक मात्र नभएर मानसिक स्वास्थ्यमा पनि पर्न जान्छ । किनकी यसो हुँदा दिमागले पर्याप्त आराम पाउँदैन । जसले छटपटीको समस्या निम्त्याउँने गर्छ ।

अनिद्रा

डिनर ढिलो गरेर सुत्दा खाना फुड पाइपमा आएर बस्न सक्छ । जसको कारण बेचैन र छटपटि हुन थाल्छ । अनि निद्रा पर्नै गाह्रो हुन्छ ।

   स्वस्थ जीवनको लागि खाने र सुत्नेको उपयुक्त नियम बनाउन जरुरी हुन्छ । ढिलो खादा स्वास्थ्य अवस्था र समय व्यवस्थापन दुवैमा नकरात्मक असर पर्न जान्छ । आयुर्वेदले पनि स्वास्थ्य जीवनका लागि सहि समयमा सुत्ने र विहान सहि समयमा उठ्ने, समयमा खाने नियम बनाउन जरुरी रहेको बताउँछ । त्यसैले, अवेर डिनर गर्ने वानी छ भने आजैबाट सुधार्न जरुरी छ ।

Must View