नागरिक पोष्ट News


नयाँ पर्यटन गन्तव्य: दैलेखको पञ्चकोशीदेखि तेह्रथुमको मिल्के जलजलेसम्म

2.7K

सरकारले देशका नयाँ १०० पर्यटकीय गन्तव्यको छनोट गरेको छ । नागरिक उड्डयन तथा पर्यटनमन्त्रालयले बिहीबार सरकारले छनोट गरेका पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ । 

सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सो लक्ष्य पूरा गर्न पनि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिएको हो । 

सरकारले यसरी पहिचान गरेका गन्तव्यमा दैलेखेको पञ्चकोशी तीर्थ स्थलदेखि तेह्रथुमको मिल्केजलजले क्षेत्रसमेत समावेस गरिएको छ । प्राकृतिक, सांस्कृति र ऐतिहासिक स्थललाई पर्यटकीय गनत्व्यका रुपमा विकास गर्न यस्तो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।

नयाँ गन्तव्यमा लगभग ७७ वटै जिल्लाका पर्यटकीय सम्भावना भएका क्षेत्रलाई समेटिएको छ ।

पर्यटन प्रवद्र्धन तथा प्रदेश सरकारको सिफारिसमा सरकारले चालु आर्थिक वर्षमा पर्यटकीय पूर्वाधार तयार गर्ने पर्यटकीय गतिविधि बढाउने कार्यक्रम सहित नयाँ गन्तव्यको छनोट गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

Must View