म्याग्दीका गाउँमा महको सिजन (फोटो फिचर सहित)
मह मीठो र गुणकारी खाद्यबस्तु हो, मह । कम लगानीमा मनग्य आम्दानी गर्न सकिन्छ । म्याग्दीका गाउँहरुमा कात्तिक–मंसिर मह झिक्ने उपयुक्त सिजन हो ।
माहुरी र महको माग थेग्न कृतिम प्रविधिबाट रानो मौरी उत्पादन गर्छन् । कृतिम प्रविधिबाट रानो माहुरी उत्पादन भएपछि मह झिकेर पनि मौरी घार विक्रि गर्न संभव भएको हो ।
जिल्लाका प्राय: बस्तीमा २–४ घार माहुरी पाल्ने भएपनि पकेट क्षेत्रका २९ जनाले ब्यावसायिक मौरी पाल्छन् । डडुवा, पूर्णगाउँ, कुहुँ, हिदी, थाईवाङ्ग, भर्जुजा, सल्यान र भकिम्लीमा माहुरी ब्यावसायिक रुपमा पालिन्छ । म्याग्दीमा वार्षिक २२ हजार पाँच सय किलोग्राम घरमह उत्पादन हुने तथ्याड्क छ ।
‘हिमालमुनीका बस्तीदेखि वेंशीका बस्तीसम्म मौरी पाल्न सकिन्छ’ , ‘मौरीको माग बढी मह भन्दा माहुरीको घार विक्रि हुन्छ । कृतिम प्रविधिले माहुरी उत्पादन सजिलो भएको छ ।’
मौरीपालनको प्रशस्त सम्भावना देखेपछि ब्यावसायिक बनाउन सेराना जातको मौरीमा कृतिम प्रविधिबाट रानो मौरी उत्पादन गर्छन् । कृतिम प्रविधिबाट रानी मौरी उत्पादन गर्ने भएकोले मह झिकेर पनि मौरी विक्रि गर्न संभव भएको हो ।
कृतिम प्रविधिबाट रानीमौरी उत्पादन गर्न ‘डिपिङ रड’ को सहायताले ताजा मैनलाई ‘क्वीन कप’ बनाई ‘ग्राफ्टिङ फ्रेम’ मा टाँसिन्छ । त्यसपछि १–२ दिन उमेरका माहुरीका लार्भालाई क्वीन कपमा ट्रान्सप्लान्ट गरिन्छ ।