नागरिक पोष्ट News


तिहारका लागि सेलरोटी बनाउने सजिलो तरिका (भिडियो सहित)

6.9K

तिहारको परिचयसंग सेलरोटी पनि जोडिन्छ र, तिहारमा यसलाई विशेष परिकार मानिन्छ। सेलरोटी बिनाको तिहार अधुरो मानिन्छ । सेलरोटी बच्चादेखि वृद्धसम्मको प्रिय परिकार हो । सेलरोटी बनाउन हेर्दा गाह्रो लागे पनि सजिलो विधिद्वारा पनि बनाउन सकिन्छ ।

आवश्यक सामग्री: चामल, चिनी, घ्युतेल

विधि: चामललाई एक रातभरि भिजाउनु पर्छ र अर्को दिन पिस्नु पर्छ । सेलरोटीका लागि थोरै खस्रो पीठो राम्रो मानिन्छ । चामलको पीठोमा घ्यु र चिनी हालेर राम्रोसंग माड्नु पर्छ । त्यस पछि तातो पानी थोरै थोरै राख्दै सेलरोटीको लागि पीठो तयार गर्नु पर्छ । पीठो धेरै पातलो या धेरै बाक्लो हुनुहुँदैन । अब एउटा भाँडोमा तेल तताउनुपर्छ । एउटा पानीको बोतललाई बीचबाट काटेर त्यसमा पीठो भरेर तेल तातेपछि सेलरोटी पकाउन सकिन्छ । हेरौ भिडियोमा सेलरोटी पकाउने तरिका ।

Must View