नागरिक पोष्ट News


कात्तिक १४ देखि १८ सम्म मुस्ताङमा प्रिज्म इन्टरनेशनल युथ क्याम्प हुदै

3.3K

मुस्ताङमा लियो जिल्ला परिषद ३२५ बी २ नेपालले पहिलो पटक प्रीज्म इन्टरनेशनल युथ क्याम्प गर्ने भएको छ। कात्तिक १४ देखि १८ सम्म हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सयौंको संख्यामा युवाहरु सहभागी हुने जिल्ला परिषदका अध्यक्ष तारा गुरागाईले जानकारी दिए।  

सन् २०१८ को विशेष प्राजेक्टको रुपमा हुन गइरहेको अन्तराष्ट्रिय युथ क्यामले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिएको छ। उक्त क्याम्पले मुस्ताङ क्षेत्रको पर्यटन प्रवद्र्धन थप प्रभावकारी सन्देश जाने क्लवका अध्यक्ष गुरागाईको भनाई छ। 

लियो जिल्ला परिषद ३२५ बी २ नेपालले कार्तिक १४ मा पोखरामा एक कार्यक्रमगरी युथ क्याम्पको उद्घाटन गर्ने छ। यस्तै, जोमसोम, छुसाङ, मुक्तिनाथ, कागबेनी, मार्फाको समेत भ्रमण हुने क्लबले जनाएको छ। लियोको जिल्ला परिषदले ब्रान्ड एम्बेसडरको भूमिकामा पत्रकार तथा लेखक सुविन भटराई रहेका छन् । 

Must View