दैनिक १ टुक्रा ल्वाङ खानुहोस र २ सेकेन्डमै यस्तो चमत्कार १एक पटक पढेर सेयर गर्नुहोस
ल्वाङ्गलाई आयुर्वेदमा विभिन्न खालका औषधीहरु बनाउनको लागी प्रयोग गर्ने गरिन्छ । यसलाई हामी मसलाको रुपमा प्रयोग गर्छौं । यसले खानाको स्वादलाई बढाउने काम गर्छ । यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसलाई विभिन्न समस्याहरुको घरेलु उपचारमा प्रयोग गर्ने गरिन्छ । त्यसैले हामीले यसको उपयोगीहरु जानी राख्नुपर्छ ।
ल्वाङ्गले पुर्याउने फाइदाहरु यस्ता छन्
दुई तीनवटा ल्वाङलाई हल्का भुटेर मुखमा राखेर चुस्दा मुखको घाउ निको हुन्छ । सास गन्हाउने समस्याबाट मुक्ति पाउन, दुईतीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाउनु पर्छ । तोरीको तेलमा केही ल्वाङलाई पिसेर मिसाउने र गर्धनको मसाज गर्दा गर्धन दुख्ने समस्या बाट मुक्ति मिल्छ । दाँतको दुखाइमा राहत पाउनको लागि एक चम्चा कागतीको रसमा दुईतीनवटा ल्वाङ पिसेर त्यो मिश्रण दाँतमा लगाउदा आराम मिल्छ । रुघा र ज्वरो आएको मानिसलाई ८–१० गोटा ल्वाङ एक लिटर पानीमा उमालेर मनतातो भइसकेपछि त्यो पानी पिलाउदा रुघा र ज्वरोबाट आराम मिल्छ । पेटमा ग्यासको समस्याबाट राहतपाउन एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने र पानी चिसो भएपछि पानी पिउदा ग्यासको समस्याबाट राहत पाउन सकिन्छ । हामीले ल्वाङ्ग को प्रयोग प्राय मसलाको रुपमा प्रयोग गर्छौं । तर यदी दैनिक बिहान-बेलुका एक वा दुई हल्का भुटेको ल्वाङ्ग खानाले स्वास्थ्यमा निकै फाइदा गर्छ । यसले बिभिन्न रोगको निदानको काम गर्छ ।ल्वाङ्ग मा क्याल्शियम, आयरन, सोडियम र पोटाशियम जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । ल्वाङ्ग खानाले बिशेषत: ५ फाइदा हुन्छ, जुन आयुर्वेदमा अनुभवीहरुले समेत प्रमाणित गरेको र यसैको माध्यमबाट समस्या सामाधान गरेको कुरा हो ।
लङ्गमा इजेनल नामक तत्व पाइन्छ । यसले सरिरमा गर्मी दिन्छ । यसले साइनस (सर्दी)को समस्या समाधान गर्छ । दैनिक बिहान-बेलुका खाना खानु अघि एक ल्वाङ्ग खाने बानि गर्नाले पाचनमा समेत राहत दिन्छ । हामीले दैनिक खाने खाना अपाच्य हुने समस्या समाधान गर्नमा ल्वाङ्ग को उपयोग गर्न सकिन्छ । ल्वाङ्ग सेवन गर्नाले एसिडिटीको समस्या समाधान हुन्छ जसको कारण ग्यास्ट्रिक भएकाहरुलाई समेत ल्वाङ्ग सेवन फाइदाजनक छ ।
लङ्गमा एन्टीइन्फ्लेमेटरी प्रोपर्टी पाईन्छ । यसले पेटको इन्फेक्शन टाढा राख्छ र पेट दुख्न समेत राहत दिन्छ । दैनिक एक ल्वाङ्ग खानाले सरिरको टक्सिन्स बाहिर निस्कनमा मद्धत गर्छ, लगातार थकानहुने, वजन बढ्ने, स्वासमा गन्ध आउने, कब्जियत, सरिरको मांशपेशी दुख्ने र छालाको समेत समस्या नहुनबाट दैनिक लङ्गको सेवन फाइदाजनक छ । ल्वाङ्ग सेवनले रगत सफा राख्नमा पनि मद्धत पुर्याउँछ । साथै छाला स्वस्थ राख्नमा पनि यसले मद्धत गर्छ । दैनिक ल्वाङ्ग सेवन गर्नाले सरिर स्फुर्त हुन्छ ।