नागरिक पोष्ट News


सुनको गैरकानूनी धन्दा, ५ तोला अर्थात ५० ग्राम सुन ल्याउने छुटको लुट यसरी चल्छ

4.2K

स्रोतका अनुसार कतारबाट  ५ तोला अर्थात करिब ५० ग्रामसम्म सुन ल्याएर नेपालमा बेच्दा १५ हजार रुपैयाँ फाइदा हुन्छ । एकैदिन ५ जनाबाट बोकाएर २५ तोला ल्याइयो भने ७५ हजार रुपैयाँसम्म नाफा हुन्छ । कतारमा रोजगारी गर्न गएका नेपालीहरुका लागि ५ तोलासम्म सुन ल्याउने छुट सरकारले दिएको छ । त्यहाँबाट नेपाल र्फकने कामदारले चुरा वा माला बनाएर वा नबनाई ५ तोलासम्म सुन निर्वाधरुपमा ल्याउन पाउँछन् ।

सरकारले दिएको यही सहुलियतलाई दुरुपयोग गर्दै कतिपयले कतारबाट नेपाल आउने युवाहरुलाई सुन पठाउने गरेका छन् । ‘घरपरिवार र आफन्तका लागि’ भन्दै विभिन्न व्यक्तिलाई सुनको बाला पहिर्‍याएर पठाउने गरिएको स्रोत बताउँछ । प्रतिव्यक्ति ५० ग्राम सुन बैधानिक बाटोबाटै ल्याउन पाउने भएकाले सुन कारोबारीहरुले ५र५ तोलाका दरले नेपाली युवालाई सित्तैमा भरिया बनाएर काठमाडौं पठाउने क्रम बढेको स्रोतको भनाइ छ । कतारमा व्यवसाय गरिरहेकाहरु मात्रै होइन, रोजगारीमै संलग्न रहेका कामदारहरु पनि प्रतिव्यक्ति ५० ग्राम सुन नेपाल भित्र्याउन पाउने प्रावधानलाई प्रयोग गर्न लालायित देखिएका छन् । ५ तोला सुन बोकेर दोहा विमानस्थलबाट काठमाडौं उड्दा यहाँको प्रहरीले कुनै अवरोध गर्दैन र यसलाई सुन तस्करी मानिँदैन ।

तर, तोकिएको परिणाममा पारिवारिक उपयोगका लागि कसैले सुन बोकेर आउँदा छेकबार नलाग्ने भए तापनि विभिन्न व्यक्तिलाई बोकाएर बेच्ने हिसाबले नेपाल पठाएको सुन एकै व्यक्तिले संकलन गरेपछि काठमाडौंमा यसले कमाउ धन्दाको रुप लिने गरेको छ ।

Must View