हङकङ र चीन जोड्ने विश्वकै लामो शक्तिशाली समुद्री पुल - फोटोफिचरसहित
3.8K
२० अर्ब डलर लागतमा निर्माण भएको हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने पुल खुल्ने भएको छ । करिब ९ वर्ष लगाएर निर्माण गरिएको सो पुल विश्वकै सबैभन्दा लामो समुद्री पुल हो ।
यो पुलको निर्माण भएसँगै दुई सहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने भएको छ । पुलको निर्माणसँगै चीनबाट हङकङले धान्न नसक्ने गरी पर्यटकहरु आउने उनीहरुको चिन्ता रहेको छ ।
शक्तिशाली पुल
यो पुलले ८ म्याग्निच्युडको भूकम्प, सुपर टाइफुन र कार्गो जहाजको टकरावलाई धान्न सक्ने बताइएको छ । ४ लाख टन स्टील प्रयोग गरेर निर्माण गरिएको यो पुलमा सान फ्रान्सिस्कोको गोल्डन गेट पुलभन्दा ४.५ गुणा बढी स्टील प्रयोग गरिएको छ ।