नागरिक पोष्ट News


दुई छोरालाई झुन्डयाएपछि बाबुले गरे आत्महत्या ! आत्महत्याको रहस्य यस्तो

2.9K

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा आफ्नो दुई छोरालाई झुण्ड्याएर बुबाले समेत आत्महत्या गरेका छन् ।  औराहस्थित शान्तिटोलका ४२ बर्षका सुरेन्द्र रामले पाच वर्षका छोरा सुविन र तीन वर्षका छोरा विपिनलाई झुण्ड्याएर हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् । दुई छोरा र सुरेन्द्रलाई घरको कोठामा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

के थियो आत्महत्याको रहस्य ?

सधैंजसो मदिरा सेवन गरी घरमा आउने सुरेन्द्रले पत्नीलाई सधैजसो कुट्ने गरेका थिए । श्रीमानको सधैंको कुटाई र टोकसोकै कारण उनकी श्रीमतीले पनि उनलाई छाडेको करिब एक बर्ष बढी भयो । पत्नीले छोडेर गएपछि सुरेन्द्र आफ्नो दुई छोरासंग घरमा बस्दै आएका थिए । सुरेन्द्रले आफ्नी आमा मोनिया रामलाई समेत कुटपिट गर्ने गरेका थिए । आफ्नी आमालाई ज्यान मार्ने उद्योगमा उजुरी पनि खेपिसकेका ब्यक्ति हुन् । छोराले कुट्न थालेपछि उनकी आमासमेत संगै बस्दिनथिन् ।

आफ्नो दुई नातिको मायाले सुरेन्ऽकी आमा घरमा आउने गरेकी थिइन् ।

Must View