दशैको नवौ दिन, महानवमीः सिद्धिदात्री देवीको पूजा आरधना गर्ने दिन
महानवमीः नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ ।
माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । आज नवरात्रको नवौं दिन अर्थात महानवमीको दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।
सिद्धिदात्री सबै प्रकारका सिद्धि र विजयकी प्रतीक हुन् । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
सिद्धिदात्री देवीलाई ब्रम्हाण्डमाथि बिजय प्राप्त गर्ने देवीको स्वरुपका रुपमा लिइन्छ । यस दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्रीको पूजा हुन्छ ।
काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगतवी, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती गुहृयेश्वरी, महांकाल, लगायत शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरि महानवमी मनाइन्छ
नवरात्र सकिएसँगै भोलिपल्ट बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ ।
प्रत्येक हिन्दु धर्मावलम्बीका घरघरमा परिवारजनहरु आपसमा भेला भएर सहभोज गर्ने र रमाइलो गर्ने प्रचलन छ ।