चौरमै जमरा उम्रियो, फुलपाती, महाअष्टमी र महानवमीको दिन नवदुर्गाको विशेष पूजा आरधना सहित
3.7K
कलंकी कृष्ण मन्दिरको छेउमै रहेको चौरमा पाल टागेर घटस्थापना गरिएको छ । पालमुनि नवदुर्गा भवानीको विशेष पूजा आरधना गरिएको छ भने बिधिपूर्वक तवरले रोपएको जमरा टन्न उम्रिएको छ । प्रत्येक दिन विधपिूर्वक मन्त्रोच्चारण गरी नवदुर्गा भवानीको विशेष पूजा गरिएको छ । कलंकी कृष्ण मन्दिर आसपास समुदायका मानिसहरुलाई सामूहिक नवदुर्गा भवानीको पूजा आरधना र दुर्गे भवानीको प्रसाद जमरा प्रदान गर्ने उद्देश्यले यस किसिमको कामको शुरु गरिएको ओजी मगर बताउँछन् ।
ओजीकै अग्रसरतामा यो काम भएको हो । ओजीले शुरु गरेको यो कामलाई धर्म संस्कृतिको संरक्षण र धर्मको रुपमा हुने फजुल खर्चलाई रोक्ने अभियानको रुपमा लिन सकिन्छ ।