नागरिक पोष्ट News


मानव अधिकार आयोग दशैंमा पनि खुल्ने, ११ देखि २ बजेसम्म खुला रहने 

2.7K

 राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ विदाका दिनमा पनि खुल्ने भएका छन् ।

दशैं तिहार र छठको विदामा दिउँसो ११ देखि २ बजेसम्म कार्यालय खुला रहने आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

विदाको दिनमा पनि आयोगले कार्यालय खोली मानव अधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमन समेत गर्ने सचिव भट्टराईले बताए ।

Must View