नागरिक पोष्ट News


सामाजिक सञ्जालमा भाइरल बनेको यो तस्वीर

10.1K

सामाजिक सञ्जालमा आजभोली एक तस्वीर निकै भाइरल बनेको छ । जसलाई देखेर मानिसहरु कन्फ्यूज भइरहेका छन् ।  

यस तस्वीरमा एक युवतीका घुँघ्रिएका कपाल र त्यो भन्दा तल शरीरको केही भाग देख्न सकिन्छ । यही भागले मानिसमा अप्टिकल इल्यूजन (दृष्टिभ्रम) पैदा गराईरहेको छ ।

यसलाई हेरेपछि यो पत्ता लगाउन गाह्रो भएको छ । यो तस्वीर गर्दनको हो वा पिठ्यूँको पत्ता लगाउ सकिँदैन । 

सामाजिक सञ्जाल ट्वीटरमा भाइरल भएको यो तस्वीर लिल मार्टी नामकी एक यूजरले आफ्नो अकाउण्टमा पोस्ट गरेकी हुन् । यस तस्वीरलाई शेयर गर्दा उनले लेखेकी छन्, ‘मैलो यो किन सोचेँकी यो मेरो गर्दन हो ?’ 

मार्टीले शेयर गरेको यो तस्वीर इन्टरनेटमा पुग्दासाथ भाइरल बन्यो । केही दिनमै ३२ हजारभन्दा धेरै मानिसले यसलाई रिट्वीट गरेका छन् भने ७० हजारभन्दा धेरैले लाईक गरेका छन् ।

Must View