नागरिक पोष्ट News


डिआईजीमा बढुवा भएका ११ जनालाई दज्र्यानी चिन्ह

2.2K

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । 

बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्यायले डिआईजीको फूली लाएका हुन् ।

आइजीपी खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै शान्ति र सुरक्षाको थप जिम्मेवारीलाई सफलता हासिलका लागि कामना समेत गरे ।

Must View