नागरिक पोष्ट News


सबै मिलेर एकैठाउँमा राख्छन् जमरा त्यो कुन ठाउँ हो

2.8K

बेलकोटगढी, नुवाकोट स् बडादसैंको पहिलो दिन । कोतघरभित्र लहरै टपरी । हरेक टपरीमा छरिएका छन् जमरा । त्यो पनि एक हैन सबै जातजाति मिलेर । न छुवाछूत न भेदभाव ।लकोटगढी नगरपालिका–१० स्थित निरञ्जना देवीथानमा वर्षौंदेखि यसै गरिन्छ । यहाँ बुधबार बिहानैदेखि सामूहिक जमरा राख्नेको भीड थियो ।दलितरगैरदलित सबै दसैंको रौनकमा देखिन्थे ।

‘यहाँ भेदभाव छैन,’ भीमबहादुर नेपालीले भने, ‘सबै मिलेर जमरा राख्छौं । बिहान नुहाइधुवाइ गरेर शुद्ध भई साइत हेरेर जमरा राखिएको हो ।’ यो खबर आज बिहिबार प्रकाशित ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

उनी यही मन्दिरमा बिहान ५ बजे र साँझ पहेँलीघाम लागेपछि नगरा बजाउने गर्छन् । यहाँ ब्राह्मण, क्षत्री, मगर, नेवार, विश्वकर्मा, नेपाली, मिजारलगायतले सामूहिक रूपमा जमरा राख्दै आएका छन् ।‘यसपल्ट पनि सबै मिलेर जमरा राखियो,’ पुजारी महेश पौडेलले भने, ‘पुस्तौंदेखि यसरी नै राख्दै आएका छौँ ।

अन्त दलित र गैरदलितबीच छुवाछूतका विभिन्न घटना हुने गरे पनि यहाँ कहिल्यै त्यस्तो भेदभाव हुँदैन ।’सामूहिक जमरा राख्ने यो प्रचलनले समाजमा समानता र आपसी मेलको सन्देश दिने स्थानीय बताउँछन् ।काठमाडांैको हनुमानढोकाकै विधिअनुसार जमरा राखिने स्थानीय मानबहादुर रानाले बताए । यहाँका मगरहरू निरञ्जना भगवतीलाई आफ्नो कुलदेवीका रूपमा पुज्छन् ।यो पटक जमरा राख्नेहरूमा १८ दलित परिवार र १ सय १८ गैरदलित परिवार छन् । जमरा राखिएका टपरी भने १ सय ८२ वटा छन् । मन्दिरको संरक्षण र पूजाआजा भगवती संरक्षण समितिले गर्दै आएको छ ।

Must View