नागरिक पोष्ट News


थाइल्याण्डको सिरिफोर्टमा निलकण्ठ पौडेलको  सामाजिक अभियानमा सहयोगी हातहरु यसरी जुटे 

9.4K
  • भरतराज उप्रेती, थाइल्याण्ड सिरीफोट
 पर्यटनमा अपांगताको पहुँच र निलकण्ठ पौडेललको वृत्तचित्र प्रदर्शन कार्यक्रम भव्यताकासाथ सम्पन्न

अब विश्वले चिन्नेछ नेपाल भन्ने नारासहित अपांगहरुको पहिचानलाई विश्वस्तरसम्म चिनाउने निलकण्ठ पौडेलको सामाजिक अभियानलाई थाइल्याण्डमा रहेका नेपालीहरुले सहजीकरण गरेका छन् । पहिलोपटक थाइल्याण्डको सुकुम्भित ८१ सिरफोर्टको त्रिनाथ थाई नेपाली समाजको मन्दिर हलमा मिति २०७५ आश्विन २१ गते आइतबार साँझ भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

मिति: 07 अक्टोबर 2018, आइतबार,

समय: बेलुका 6 बजेदेखि 8 बजेसम्म,

स्थान: त्रिनाथ देवालय (नेपाली मन्दिर)

सिरिफोर्ट, सुकुम्भित 81 रोड, बैंकक

  कार्यक्रम पर्यटनमा अपांगताको पहुँच र निलकण्ठको बृत्तचित्र प्रर्दशन गरिएको थियो । सो कार्यक्रमम एनआरएन थाइल्याण्डका संरक्षक एवं वरिष्ठ समाजसेवी डेभिड खनालले विशेष रुपमा सहजीकरण गर्नुभएको थियो । अपांगहरुको साझा मुद्दालाई विश्वस्तरसम्म कसरी पुर्याउने भन्नेप्रति खनालले महत्वपूर्ण सल्लाह सुझाव दिनुभयो । कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदुत खगराज अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमको उच्च प्रशंसा गर्नुभएको थियो ।  यो कार्यक्रमलाई विश्वस्तरसम्म लैजान आवश्यक रहेको बताउदै कार्यक्रमको जानकारी एनआरएनका सम्बन्धित समुदाय र वरिष्ठ व्यक्तिमाझ पुर्याउन व्यापक छलफल र भेटघाटलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई आफूले चहदा चाहदै पनि सहजीकरण बाहेक पर्याप्त सहयोग गर्न नसकेको तर कार्यक्रमको महत्वलाई विशेष रुपमा मनन गरेको राजदुत अधिकारीले बताए ।

कार्यक्रममा नेपालबाट राष्टिय अपांग महासंघ नेपालको प्रदेश नं ३ का संयोजक नुर भट्ट, कार्यक्रम सभापतिको रुपमा, डा. रोहित राना मगर कार्यक्रम सञ्चालकको भूमिकामा र भरतराज उप्रेती कार्यक्रमको प्रचार प्रसारको लागि सञ्चार संवाहकको भूमिकामा रही कार्यक्रमलाई सफल बनाउन लागि पर्नुभएको थियो ।

वरिष्ठ समाजसेवी एवं एनआरएन थाइल्याण्डका संरक्षक डेभिड खनालले कार्यक्रम आयोजना हुनुपूर्व प्रत्यक्ष भेटघाट गरी कार्यक्रमलाई विश्वस्तरसम्म पुर्याउन महत्वपूर्ण सल्लाह सुझाव प्रदान गर्नुभएको थियो । सोही छलफल र भेटघाटले २०७५ आश्विन २१ गते साँझ त्रिनाथ देवालय मन्दिरमा थाइल्याण्डका लागि नेपाली  राजदुत खगराज अधिकारी, एनआरएन थाइल्याण्डका वरिष्ठ उपााध्यक्ष भविन्द्र बस्नेत, थाइ नेपाली समाजका अध्यक्ष कुमार कार्की, त्रिनाथ थाई नेपाली समाज त्रिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष लक्ष्मण केसी, थाई नेपाली घ बैंकक शाखा अध्यक्ष  गोपाल लामा, थाई नपाली संघ केन्द्रिय सह सचिव दीपक पराजुली, संस्कृत स्नातक सेवा मण्डलीका अध्यक्ष पण्डित केशव आचार्य, थाइ नेपाली राजदुतावासका उपनियोग प्रमुख जंग बहादुर गुरुग लागायत नेपाली भाषीहरुको विशेष उपस्थिती रहेको थियो । 

अपांगताहरुको साझा मुद्दालाई कााधमा बोकेर विश्वस्तरसम्म उनीहरुको पहुँच पुर्याउने अभियानमा जुटेको निलकण्ठ पौडेललको वृत्तचित्र प्रसारणले समाजमा रहेको अपांगतासम्बन्धी सोचाईमा पहिले परिवर्तन ल्याउनुपर्ने सन्देश दिएको थियो । साथै अपांगता भएकाहरुले समाज र देश विकासका लागि रोल मोडलको भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा समेत बृत्त चित्रमा निलकण्ठ पौडेलका सामाजिक कामहरुले देखाएको थियो ।

   हामीले साँच्चै समाज र देश विकास गर्ने हो भने पहिले आफूले आफ्नो आत्मालाई चिन्नुपर्दछ, सोचाइ र हेराईमा परिवर्तन ल्याउनुपर्दछ । विकासका लागि विश्वासको वातावरण आफैबाट शुरु गर्नुपर्दछ , पारदर्शी हुन सिक्नुपर्दछ, त्याग गर्न सक्नुपर्दछ । अनि सम्भव छ । १५ वर्षदेखि सामाजिक अभियानमा जुटिरहेको निलकण्ठ पौडेललको  साहस र धैर्यता मान्नैपर्दछ । आफ्नो लागि होइन सारा अपांगता भएकाहरुका लागि देशको चिन्तन बोकेर हिड्ने यस्ता साहसी युवाहरुलाई गोलबन्द गर्दै हातमा हात साथमा साथ दिनुपर्दछ । अनिमात्र अब विश्वले चिन्नेछ नेपाल भन्ने उहाँको अभियानले सार्थकता पाउनेछ । अपांगता भएका नेपालीहरुको पहिचान विश्वस्तरमा हुनेछ ।

कार्यक्रममा त्रिनाथ थाई नेपाली समाजले कार्यक्रमका लागि स्थल उपलब्ध गराई विशेष सहयोग पुर्याएको निलकण्ठ पौडेलले धन्यवाद दिएका छन् । थाइल्याण्डमा रहेको त्रिनाथ देवालय मन्दिर नेपाल र नेपालीको संस्कृती संरक्षण गर्ने नेपाली भाषीहरुको सामाजिक पहिचान हो । यसबाट हामीले नेपाली भाषा र नेपाली संस्कृती प्रतिको हाम्रो पहिचानलाई निरन्तरता राख्ने कामका लागि महत्वपूर्ण पाठ सिक्न समेत जरुरी छ ।

Must View