नागरिक पोष्ट News


प्रज्ञा प्रतिष्ठानमा पुन गंगाप्रसाद उप्रेती नै कुलपतिमा नियुक्त

2.7K

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा पुन गंगाप्रसाद उप्रेती नै कुलपतिमा नियुक्त भएका छन् । नवनियुक्त कुलपतिलाई प्रतिष्ठानका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पद तथा गोपनीयताको शपथ गराए ।  उप्रेतीलाई आजै उक्त पदमा नियुक्त गरिएको हो । कुलपतिमा उप्रेतीको यो दोस्रो कार्यकाल हो । केही समयअघि मात्र पदावधि सकिएर बसेका उप्रेतीलाई आइतबार पुन कुलपतिमा नियुक्त गरिएको हो । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले प्रतिष्ठानले कृति प्रकाशनको संख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत अन्य पदाधिकारीको सो अवसरमा सहभागिता थियो । 

Must View