प्रदेश २ मा टेलिभिजन हेर्न सजिलो माध्यम ‘डिसहोम’
सन्तोष कार्की ९युवराज
उदयपुर । सिरहाको कन्र्जनहा गाँउपालिका १ का रविवराज यादव भन्छन्, ‘अन्य टेलिभिजनभन्दा किलिएर आउने डिस होम नै हो । उमेरले ७३ पुगेका यावदले थपे, ‘घरमा डिसहोम जोडेपछि छिमेकीको टिभी हेर्न जाने नातिहरु समेत घरमै बस्न थालेका छन् ।’
प्रदेश २ का अधिकाँस ग्रामिण क्षेत्रमा अहिले डिसहोम जोड्नेको लहर चलेको छ । ‘मैले धेरै वर्ष अघि अघि भारतको हेरको विभिन्न हिन्दी च्यानल आँखैले देख्नेगरी डिसहोममा आउँछन्,’ बाटेश्वर गाँउपालिका २ धनुषाका व्रिजकुमार साहले भने, ‘हाम्रो गाँउमा सहरको जस्तो तार जोडेर हेर्ने टिभी आएको थिए, छोरोले डिस होसमा टिभी हेर्न पाइन्छ भन्यो, मैले हल राँगा बेचेर जनकपुरबाट ल्यायो ।’
खेती जोत्ने एक हल राँगा बेचेर डिसहोम जोडेका साहको घरमा विद्युत पुगेको थिएन । ‘मेरो जेठो छोरा विदेशमा बस्छ,’ उनले भने, ‘वुवा घरमा सोलार राखेर डिसहोम हेर्नलाई टिभी जोड्नुहोस् भन्यो मैले जोडे, अहिले गाउँमा विजुलीको लाईन पनि आयो मजाले टिभी हेर्न पाइएको छ ।
ग्रामिण क्षेत्रमा टेलिभिजनको लत बढ्दै गएको छ । ग्रामिण क्षेत्रमा पनि होईन, शहरी क्षेत्रमा पनि डिस होम लोकप्रिय छ । एनालगक टिभी भटाभट बन्द हुन थालेपछि डिसहोम जोड्ने संख्या प्रदेश २ मा एक घर दुई घर हुँदै प्रत्येकको घर घरमा पुगेको छ ।
जनकपुर उपमहानगरपालिका रहेर पत्रकारिता गर्ने धनुषाका पत्रकार गोविन्द महत्तो भन्छन्, ‘धनुषा मात्र होईन, प्रदेश १ का अधिकाँस बजार क्षेत्र र गाँउमा डिसहोमको छाता नदेखिने घर कमै मात्रमा छन् ।’
डिस नेटवर्कले सेटपबक्स जडान गर्न आव्हान गर्दै विभिन्न नेटवर्कले लाईन काटेपछि डिसहोम जोड्नेहरु एका एक थपिदै गएका हुन् । डिसहोम टीभी सेवा प्रदायक डीस होमले सर्वसाधारणलाई मन तानेको अहिले देखिन्छ ।
तराईका क्षेत्रहरुमा पनि डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्क सोही प्रयोजनका लागि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनी डाइरेक्ट डिसहोम ९डीटीएच० प्रणालीमार्फत् सेटलाइट माध्यमबाट टेलिभिजन च्यानल सेवा प्रदान गर्न थालेपछि सवै नेपालीको मन डिस होम बन्दै गएको छ । प्रदेश २ मा एनालग टेलिभिजन सबै बन्द भएपछि डिसहोमको माग बढेको बिक्रेता केन्द्रहरुको भनाइ छ। एनालग टेलिभिजनहरु बन्द भएपछि डिशहोमको माग ह्वात्तै बढेको प्रदेश २ मा पर्ने सिरहा लाहानका डिसहोम प्राविधिक अर्जून कालिकोटेले बताए । ‘प्रदेश २ का विभिन्न जिल्ला साथीहरुले डिस होम जडानमा भ्याई नभ्याई भएको छ,’ उनले भने, ‘प्रदेश २ मा कति ग्राहक छन्, भनेर चाँही केन्द्रमा मात्र थाहा हुन्छ।’
प्रदेश २ का केही विभिन्न सहरमा अझै पनि एनालग सिष्टममा सञ्चालित केवल नेटवर्कहरु सेटपबक्स स्टिममा नजाँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।
प्रदेश २ को सर्लाही, महोत्तरी, धनुषा, सप्तरीको र रौतहटका भित्री बजारहरुमा अझै पनि केवल नेटवर्क नै कायम रहेको बताइन्छ । ‘सरकारले केवल नेटवर्क हटाउने भनेको थियो,’ रौतहटका एक जना केवल नेटवर्कका सञ्चालकले आप्mनो नाम र केवलको बारेमा गोप्य राख्ने शर्तमा भने, ‘मैले मात्र होईन, धेरै साथीहरुले केवल नेटवर्क सञ्चालन गरिरहनु भएको छ, गरेर के गर्नु बजारमा डिसहोम विक्री हुन छाडेको छैन ।’ विभिन्न केवल नेटवर्क सञ्चालकहरु पनि बजारमा डिसहोमको माग बढेको अनुभव सुनाउँछन् ।
नेपाली चलचित्र हेर्नका लागि डिसहोम उपयुक्त
डिस मिडिया नेटवर्कले यस्तो योजना ल्याएको छ । अब दर्शक श्रोताहरुले घरै बसीबसी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने छ । नयाँ नेपाली चलचित्र हेर्नका लागि विभिन्न योजनाहरु रहेका छन् । नेपाली कथनक चलचित्र ‘धूम ३’ गत असोज ५ गतेदेखि डिशहोम च्यानल नं १०८ मा शुल्क रु। २२५ प्रति शो समय बिहान ८ बजे, दिउँसो १२, दिउँसो ४ बजे र बेलुकी ८ बजे हेर्न सकिने छ ।
यो सिनेमा खुलाउने ३ तरिका मोबाईलबाट ३२५०० र ३२५८० मा साधारण क्ःक् पठाएर
विहान ८ बजेको शो हेर्नको लागि क्ःक् ऋयmmबलमस् ःइम् ऋबकक्ष्म् ब
दिउँसो १२ बजेको शो हेर्नको लागि
क्ःक् ऋयmmबलमस् ःइम् ऋबकक्ष्म् द
दिउँसो ४ बजेको शो हेर्नको लागि क्ःक् ऋयmmबलमस् ःइम् ऋबकक्ष्म् अ
बेलुकी ८ बजेको शो हेर्नको लागि क्ःक् ऋयmmबलमस् ःइम् ऋबकक्ष्म् म
नोट ऋबक क्ष्म् को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय ऋबकक्ष्म् नम्बर राख्नुहोस् ।
जसको कारणले डिसहोम लोकप्रिय बन्दै गएको छ । डिशहोम ग्राहक सेवा केन्द्र फोन नं १६६० ०१ २२००० वा ०१–४२१७६६६ मा डायल गरेर थप सेवा सुविधाहरुको जानकारी लिन सकिनेछ ।
न्यूजमिसाइल bata