पर्यटकिय नगर चरिकोटको परिचय हेर्नुहोस (फोटोफिचर)
बाबुराम थापारफोटोग्राफर राजधानी काठमाण्डौँवाट १३३ कि।मी। पूर्वतर्फ पर्ने दोलखा सदरमुकाम चरिकोट पर्यटकिय हिसावले निकै चर्चित र महत्वपूर्ण छ । लामोसाँघु जिरी सडकको स्तरोन्नती सहित कालोपत्रे गर्ने कार्यले गति नलिँदा दोलखा पुग्न निकै हम्मे हम्मे पर्छ । तापनि यात्रीहरु धुलिखेल बाट खुर्कोट हुँदै मन्थली भएर झण्डै ६० कि।मी। बढि यात्रा गर्दै चरिकोट पुग्ने गरेका छन् । भुकम्पले अस्तव्यस्त बनाएको यो शहर विस्तारै पुर्ननिर्माण भईरहेको छ । पुर्ननिर्माण पछि कतिपय सरकारी कार्यालयहरु स्थानीय तहमा गईसकेका छन् । संघीयतामा संघ र प्रदेश मार्फत सञ्चालन हुने कार्यालय भने सदरमुकाममा नै छन् । गौरीशंकर पोष्टको पर्यटन प्रवर्धन अन्र्तगत हामीले पछिल्लो समय चरिकोट बजारका दृश्यहरु कैद गरी पाठक माझ पु¥याउने जमर्को गरेका छौँ । हेर्नुहोस् चरिकोट बजारका १० तस्विर ,,तस्बिर –
बाबुराम थापा र गौरीशंकरपोष्ट अनलाइन ।