९८ बर्षकाे उमेरमा नागरिकतापाए पछि............
डोटीमा ९८ बर्षिय बृद्धाले नागरीकता प्राप्त गरेकी छन् । डोटीको शिखर नगरपालिका वडा नं। ६ की लाली दमाईले बिहिबार जिल्ला प्रशासन कार्यालय डोटीबाट नागरीकता लिएकी हुन् ।
१९७८ साल जेठ महिना २२ गते जन्मेकी दमाईलाई डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
नागरिकतामा उल्लेख भएको जन्म मिति अनुसार लाली दमाई अहिले ९७ बर्ष ३ महिना २८ दिन पुगेकी छन् । सम्भवत यो उम्मेरमा आएर जिल्लाबाट नागरिकता प्राप्त गर्ने लाली पहिलो व्यक्ति भएको निमित्त प्रमुख जिल्ला अधिकारीले बताए ।
दुई छोरा र तीन छोरी गरि ५ सन्तानलाई जन्म दिएकी लालीका जेठा सन्तान ७० बर्ष पुगेका छन् । दुई छोरीहरुको मृत्यु भई सकेको छ । नेपाली नागरिकता पाएर खुशी भएकी लालीले आजै फोटो सहितको मतदाता नामावलिमा समेत आफ्नो नाम दर्ता गरेको छोरा पदम दमाईले बताए ।
रोजेन्द्र जोशी newsmissile.com bata